२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । चिकित्सा शिक्षा आयोगले नर्सिङ, एमबीबीएसदेखि डिएम-एमसीएचसम्मको चिकित्सा शिक्षा कार्यक्रमको शुल्क निर्धारण गरेको छ। चिकित्सा शिक्षा आयोगको नवौं बैठकले आयोगले ५६ वटा चिकित्सा विज्ञानका शैक्षिक कार्यक्रमको शुल्क निर्धारण गरेको हो।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले स्नातक तहमा ३.६ प्रतिशत शुल्क बढाउने निर्णय गरेको हो। काठमाडौं उपत्यका भित्र एमबीबीएसको शुल्क ४१ लख ६८ हजार ९० रुपैयाँ तोकिएको छ भने उपत्यका बाहिर ४५ लाख ९५ हजार ७ सय २० रुपैयाँ तोकिएको छ।
त्यस्तै, बिडिएसतर्फ २० लाख ९२ हजार २ सय ९० रुपैयाँ शुल्क निर्धारण भएको छ भने बिएस्सी नर्सिङतर्फ १० लाख ३६ हजार रुपैयाँ शुल्क तोकिएको छ। डिएम-एमसीएचको शुल्क २५ लाख ९० हजार निर्धारण गरिएको छ भने एमडी-एमएसको २३ लाख ८१ हजार ७ सय ६० रुपैयाँ निर्धारण गरिएको छ।
स्नातकदेखि डिएमसम्म कुन विषयको शुल्क कति?
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij