Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

विद्यालयमा पाठ्यपुस्तक उपलब्ध भए नभएको अनुगमन गर्न केन्द्रले दियो यस्तो निर्देशन

विद्यालयमा पाठ्यपुस्तक उपलब्ध भए नभएको अनुगमन गर्न केन्द्रले दियो यस्तो निर्देशन


  • 4.4K
    Shares

    विद्यालयमा पाठ्यपुस्तक उपलब्ध भए नभएको अनुगमन गर्न केन्द्रले दियो यस्तो निर्देशन

    पाठ्यक्रम विकास केन्द्रले प्रत्येक शिक्षा विकास तथा समन्वय एकाइले स्थानीय तहसँगको समन्वयमा विद्यालयमा पाठ्यपुस्तक उपलब्ध भए नभएको अनुगमन गर्न निर्देशन दिएको छ ।

    केन्द्रले एक सूचना प्रकाशन गर्दै पाठ्यपुस्तक उपलब्धता सम्बन्धमा एकाइले अनुगमन गरी सोको प्रतिवेदन शिक्षा तथा मानव स्रोत विकास केन्द्र र पाठ्यक्रम विकास केन्द्रमा पठाउन निर्देशन दिएको हो । सो सूचनामा विद्यालय तहका पाठ्यपुस्तकको डिजिटल प्रति केन्द्रको वेबसाइटसमेत उपलब्ध रहेको उल्लेख गरेको छ ।

    चालु शैक्षिक वर्षका लागि विद्यालय शिक्षा कक्षा १ देखि ३ सम्मका पाठ्यपुस्तक निजी मुद्रक तथा वितरक र कक्षा चारदेखि माथिका पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्र, लिमिटेडबाट छपाइ तथा वितरण भइरहेको छ । केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेद्वारा हिजो जारी गरिएको सूचनामा मिति भने आजको लेखिएको छ । 

    notice-2079-02-23-1-page-001.jpg

    प्रकाशित मिति :जेठ २४ २०७९ मंगलवार - १६:१६:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij