Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

तत्काल कुनै पनि पदमा शिक्षक व्यवस्थापन नगर्न स्थानीय तहलाई केन्द्रको निर्देशन

तत्काल कुनै पनि पदमा शिक्षक व्यवस्थापन नगर्न स्थानीय तहलाई केन्द्रको निर्देशन


  • 4.8K
    Shares

    तत्काल कुनै पनि पदमा शिक्षक व्यवस्थापन नगर्न स्थानीय तहलाई केन्द्रको निर्देशन

    शिक्षा तथा मानव स्रोत विकास केन्द्र शिक्षक व्यवस्थापन समन्वय शाखाले खुद पुल दरबन्दी रहेको तहमा रिक्त रहेको दरबन्दी वा राहत कुनै पनि पदपूर्ति नगर्न निर्देशन दिएको छ।

    शिक्षक दरबन्दी मिलानको कार्य भइरहेको  भन्दै केन्द्रले खुद पुल दरबन्दी रहेका स्थानीय तहहरूलाई पदपूर्ति नगर्न निर्देशन दिएको हो।

    केन्द्रले स्थानीय तहगत रुपमा तोकिदिएको खुद पुल दरबन्दीबाट हाल सम्म फिर्ता पठाई सकिएको खुद पुल दरबन्दी कट्टा गरी अब बाँकी रहने दरबन्दी मध्ये रिक्त दरबन्दी असार १५ गतेभित्र कट्टा गर्ने प्रायोजनका लागि केन्द्रमा पठाइदिन समेत निर्देशन दिएको छ।

    ‘रिक्त खुद पुल दरबन्दी केन्द्रमा नपठाउने स्थानीय तहको हकमा दरबन्दी बराबरको शिक्षक तलब भत्ता निकासा नहुने भएकोले दरबन्दी केन्द्रमा पठाउने व्यवस्था गरी मिलान कार्य सम्पन्न गर्नुपर्ने’ सूचनामा भनिएको छ, ‘खुद पुल दरबन्दी रहेको तहमा रिक्त रहेको दरबन्दी वा राहत कुनै पनि व्यहोराले पदपूर्ति नगर्न नगराउनु हुन समेत अनुरोध गरिएको छ।’

    media_file-1-1721209764-page-001.jpg

     

    प्रकाशित मिति :जेठ २२ २०७९ आइतवार - १२:००:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij