Logo

२०८२ फाल्गुण २७ गते बुधवार

२०८२ फाल्गुण २७ गते बुधवार

उत्तरपुस्तिका परीक्षण पारिश्रमिक वृद्धिको माग गर्दै शिक्षकले दिए यस्तो चेतावनी

उत्तरपुस्तिका परीक्षण पारिश्रमिक वृद्धिको माग गर्दै शिक्षकले दिए यस्तो चेतावनी


  • 11.0K
    Shares

    उत्तरपुस्तिका परीक्षण पारिश्रमिक वृद्धिको माग गर्दै  शिक्षकले दिए यस्तो चेतावनी

    उत्तरपुस्तिका परीक्षण गर्दै आएका शिक्षकले एसईईको उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण पारिश्रमिक वृद्धिको माग गरेका छन् ।

    काठमाडौँको पुतलीसडकस्थित पद्मोदय माध्यमिक विद्यालय परीक्षण केन्द्रमा उपस्थित शिक्षकले प्रतिउत्तरपुस्तिका परीक्षण वापतको पारिश्रमिक ५० रुपियाँ र सम्परीक्षण वापतको पारिश्रमिक १५ रुपियाँ बनाउन माग गर्दै सो पूरा नभएमा परीक्षण र सम्परीक्षण नगर्ने चेतावनी दिएका छन् ।

    नेपाल शिक्षक सङ्घ जिल्ला कार्यसमिति काठमाडौँ, नेपाल शिक्षक सङ्घ काठमाडौँ महानगर कार्यसमिति, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला कार्यसमिति काठमाडौँ, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन जिल्ला कार्यसमिति काठमाडौँ र एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन काठमाडौँ महानगर कार्यसमितिले पारिश्रमिक वृद्धिको माग राखेका हुन् ।

    शनिबार उनीहरुले हस्ताक्षरसमेत सङ्कलन गरेका छन् । नेशिसङ्घ काठमाडौँ महानगर कार्यसमितिका अध्यक्ष नारायणप्रसाद गौतमले पारिश्रमिक न्यून भएकोले वृद्धिको माग गरिएको बताउँदै मागपत्र तथा हस्ताक्षरलाई सोमबार राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्मा र परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीसमक्ष प्रस्तुत गरिने बताए ।

    कक्षा ११ र १२ मा प्रतिउत्तरपुस्तिका परीक्षणवापत ४० रुपियाँ उपलब्ध गराउने गरिएको छ । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयले देशका ५६ स्थानमा उत्तरपुस्तिका परीक्षण केन्द्र कायम गरी उत्तरपुस्तिका परीक्षण कार्य गराउँदै आएको छ । २०७८ सालको एसईईको नतिजा आगामी असार मसान्तसम्म सार्वजनिक गर्ने योजना छ ।

    प्रकाशित मिति :जेठ २२ २०७९ आइतवार - १०:४५:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij