२०८२ माघ ९ गते शुक्रवार
सरकारले चीनका विभिन्न विश्वविद्यालयहरूमा पठनपाठन गर्दै आएका नेपाली विद्यार्थीहरूलाई पुन: चीन जाने व्यवस्था मिलाएको छ।
कोरोना महामारीका बेला नेपाली विद्यार्थी चीनबाट स्वदेश फर्के पनि त्यसपछि उनीहरू त्यहाँ जानबाट रोकिँदै आएका थिए।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चीनका विश्वविद्यालयमा पढ्ने नेपाली विद्यार्थीलाई पुन: चीन जाने व्यवस्था मिलाएको छ।
लकडाउनका कारणले चीन फर्किन नपाएका दुई सय ८१ जना नेपाली विद्यार्थीलाई पहिलो चरणमा चीन पठाउन लागिएको छ। नेपाली विद्यार्थीको पढाइलाई निरन्तरता दिन उनीहरूलाई ती विश्वविद्यालय फर्किने व्यवस्था गरिएको हो।
चीन फिर्ताका लागि विद्यार्थीहरूले मन्त्रालयको वेबसाइटमा राखिएको गाइडलाइनमा उल्लेखित व्यहोराबमोजिम पुन: भिसा प्राप्तिका लागि निवेदन दिन पनि मन्त्रालयले आग्रह गरेको छ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij