२०८२ भाद्र ४ गते बुधवार
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको शैक्षिक योजना तथा विकास महाशाखा, शिक्षक व्यवस्थापन समन्वय शाखाले द्वन्द्वपीडित शिक्षक व्यवस्थापनको लागि निवेदन दिने म्याद थप गरिएको जनाएको छ ।
सो शाखाले यही जेठ १६ गते सोमबार सूचना जारी गर्दै म्याद थपिएको जनाएको हो । पहिलो पटकको म्याद साेमबार नै सकिएकाे हाे ।
शाखा अधिकृत भुवनेश्वर जोशीले २०७९/०२/१७ गतेदेखि लागू हुने गरी ३५ दिनभित्र (अन्तिम पटकको लागि) शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा निवेदन दिन सकिने जनाएका छन् ।
पुनर्वहाली, हाजिरी, निवृत्तिभरण तथा उपदान र एकमुष्ठ आर्थिक सुविधा शिक्षकले पाउने सम्बन्धी निर्णण सरकारले १६ फागुन २०७८ मा गरेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij