Logo

२०८२ आश्विन ३० गते बिहिवार

२०८२ आश्विन ३० गते बिहिवार

प्रदेश सरकार आफैले गरेको निर्णय पालना नगरेको भन्दै शिक्षकले प्रदेशसभा भवन घेरेर गरे नाराबाजी

प्रदेश सरकार आफैले गरेको निर्णय पालना नगरेको भन्दै शिक्षकले प्रदेशसभा भवन घेरेर गरे नाराबाजी


  • 3.8K
    Shares

    प्रदेश सरकार आफैले गरेको निर्णय पालना नगरेको भन्दै शिक्षकले प्रदेशसभा भवन घेरेर गरे नाराबाजी
    images

    मधेस प्रदेशअन्तर्गत विस्थापित अस्थायी शिक्षकले प्रदेशसभा भवन घेराउ गरी नाराबाजी गरेका छन् । प्रदेश सरकार स्वयंले गरेको निर्णय पालना नगरेको भन्दै शिक्षकले प्रदेशसभा भवन घेराउ गरी नाराबाजी गरेका हुन् ।

    विस्थापित अस्थायी शिक्षकले लामो समयदेखि तलब भत्ता नपाउँदा घरपरिवार चलाउन गाह्रो भएकोले प्रदेश सरकारलाई गम्भीर हुन दबाब दिँदै प्रदेशसभा घेराउ गरी नाराबाजी गरिएको विस्थापित अस्थायी शिक्षक संघर्ष समितिका संयोजक धर्मेन्द्र यादवले बताए । 

    शिक्षक/शिक्षिकाले आफूहरूको तलब भत्ता सुनिश्चित गर, मधेस सरकारले गरेको निर्णय पालन गर, कानुनी राज्यको अनुभूति होस्, शिक्षकको कानुनी हक अधिकारको हनन नगरियोस् लगायतका माग गरेका छन् ।

    उनीहरुले बिहीबार दिउँसो १ देखि ३ बजेसम्म प्रदेश सभा घेराउ गरी नाराबाजी गरेका हुन् । मधेश प्रदेश अन्तर्गत ४६८ जना विस्थापित अस्थायी शिक्षक/शिक्षिका छन् 

    प्रकाशित मिति :जेठ १९ २०७९ बिहिवार - १६:३१:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij