Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

कृषि विकास बैंकको चन्द्रपुर शाखामा एटीएम सेवा सुरु

कृषि विकास बैंकको चन्द्रपुर शाखामा एटीएम सेवा सुरु


  • 2.9K
    Shares

    • images
    कृषि विकास बैंकको चन्द्रपुर शाखामा एटीएम सेवा सुरु
    images

     रौतहट । रौतहटको चन्द्रपुरमा रहेको कृषि विकास बैंक लिमिटेड शाखाले एटीएम सेवा सुचारु गरेको छ । 

    नेपाल बैंकर संघका अध्यक्ष तथा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले बुधवार एक कार्यक्रम बीच संयुक्त रुपमा बैंकको एटिएम सेवाको उद्घाटन गरेका हुन् । सो कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख कार्यकारी अधिकृत उपाध्यायले कृषि विकास बैंकले चन्द्रपुर लगायत यस जिल्लालाई नै समेट्ने गरी ग्राहकमुखी कार्य गर्दै आएको बताए ।

     गरीबभन्दा गरीब किसानको जिवनस्तर उकास्नमा पनि त्यतिकै मद्दत पुर्‍याउन बैंकले व्यवसायीक कृषि कर्जामा विशेष जोड दिदैं आएको तथा आगामी दिनमा विभिन्न सेवाहरु प्रदान गर्ने बताए । चन्द्रपुर नगरपालिकाका नगर प्रमुख काफ्लेले बैंकबाट सेवाग्राहीहरुले सर्वसुलभ बैंकिङ सेवा पाइरहेको कुराहरुमा आफू ढुक्क रहेको बताए । 

    सो कार्यक्रममा कृषि विकास बैंकका उप–महाप्रबन्धक बाबुकाजि थापा, प्रदेश निर्देशक नारायण प्रसाद आचार्य चन्द्रपुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रबि राना मगर, कृषि विकास बैंक चन्द्रपुर शाखाका प्रमुख बिनोद पौडेल लगायतको सहभागिता रहेको थियो ।

    प्रकाशित मिति :जेठ १९ २०७९ बिहिवार - १६:०२:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij