२०८२ भाद्र ४ गते बुधवार
इसीडी शिक्षक र विद्यालय कर्मचारीहरूले आर्थिक वर्ष २०७८/७९ को तलबसहित हाल अन्य राष्ट्रसेवक कर्मचारीका लागि बढाइएको १५ प्रतिशत तलब पनि उपलब्ध गराउन माग गरेका छन् ।
नेपाल राष्ट्रिय प्रारम्भिक बालविकास नगर समिति इनरुवा, सुनसरीका इसीडी शिक्षक र विद्यालय कर्मचारीले नगर प्रमुख केदार भण्डारीसमक्ष यस्तो माग गरेका हुन् ।
उनीहरूद्वारा नगरप्रमुखसमक्ष बुझाइएकाे माग पत्रमा भनिएको छ, ‘नेपाल सरकारको आर्थिक वर्ष २०७८/७९ को बजेटमा उल्लेख भएबमोजिम स्थानीय तहले ब्यहोर्नु पर्ने सात हजार रूपैयाँ निःशर्त रूपमा उपलब्ध गराई आर्थिक वर्ष २०७९/८० को बजेटमा उल्लेख भएअनुसार अन्य सरकारी राष्ट्रसेवक सरह १५ प्रतिशत तलबभत्ता वृद्धि गरी पारिश्रमिक उपलब्ध गराइयोस् ।,’
आर्थिक वर्ष २०७८/७९ को बजेटमामा विद्यालयका लेखापाल र कार्यालय सहयोगीको पारिश्रमिक क्रमशः रु २०,५०० र रु १५००० तोकिएको थियो भने इसीडी शिक्षकको पनि १५००० रूपैयाँ तोकिएको थियो । यसरी संघीय सरकारले तोकेको तलब अधिकांश शिक्षक र कर्मचारीले हालसम्म पनि पाएका छैनन् । (वेबटिभी खबर)
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij