Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

नयाँ शैक्षिक शत्र सुरु, पर्याप्त पुस्तक नहुँदा पठनपाठनमा सकस

नयाँ शैक्षिक शत्र सुरु, पर्याप्त पुस्तक नहुँदा पठनपाठनमा सकस


  • 5.6K
    Shares

    नयाँ शैक्षिक शत्र सुरु, पर्याप्त पुस्तक नहुँदा पठनपाठनमा सकस

    कक्षा ९ मा पढ्ने अर्पना पन्थ विद्यालय जान थालेको २ साता भइसकेको छ । व्यास–१ स्थित जलदेवी माविमा पढ्ने उनले अहिलेसम्म ४ विषयका मात्रै किताब किन्न पाएकी छन् । बाँकी ५ वटा किताब बजार नपाएको उनको गुनासो छ ।

    पुस्तक नपाउँदा पढ्न समस्या भएको उनले सुनाइन् । ‘सबै किताब नपाउँदा स्कुलमा राम्रोसँग पढाइ भएको छैन, घरमा पनि पढ्न पाइएन,’ उनले भनिन् ।

    समस्या उनको मात्रै होइन । धेरै विद्यार्थी किताब नपाएर हैरान छन् । ‘कक्षा ९ मा पाठ्यक्रम नफेरिएको भए दिदी–दाइका पुराना किताब मागेर पढ्न हुन्थ्यो,’ उनले भनिन्, ‘मसँग अकाउन्ट, कम्पलसरी म्याथ, अप्सनल म्याथ र व्याकरण गरी ४ वटा विषयका पुस्तक छन् । अरू साथीहरूसँग त त्यो पनि छैन ।’

    पुस्तक पर्याप्त नहुँदा एउटैलाई ४/५ जनासम्मले पालो गरेर पढ्नु परिरहेको कक्षा ८ की निकिता दुलालले सुनाइन् । पुस्तक नहुँदा गृहकार्य गर्न पनि मुस्किल भइरहेको कक्षा ७ का किरण बस्नेतले गुनासो गरे । ‘कक्षामा सरहरूले कता–कताबाट पढाउनुहुन्छ अनि होमवर्क दिनुहुन्छ । घर गएपछि उत्तर कहाँबाट खोजेर लेख्ने ?’ उनको प्रश्न छ ।

    नयाँ शैक्षिक शत्र सुरु भएसँगै जिल्लाका अधिकांश विद्यालयमा जेठको पहिलो साता पठनपाठन सुरु गरिएको छ । तर, पर्याप्त पुस्तक नहुँदा पढाउन समस्या आएको शिक्षकहरूले बताए । पछिल्लो २ वर्ष कोरोना महामारीका कारण शैक्षिक क्यालेन्डर खलबलिएको छ । यो वर्ष पनि ढिला सुरु भएको शैक्षिक सत्रमा विषयगत पुस्तक पर्याप्त उपलब्ध नहुँदा सिकाइमा प्रभाव परेको भानु–१३ ठूलोढुंगास्थित अरनिको माविका प्रधानाध्यापक शैलेन्द्रकुमार शाहले बताए ।

    ‘नयाँ पाठ्यक्रमअनुसार पुस्तक उपलब्ध नहुँदा अनलाइनबाट पुस्तक डाउनलोड गरी पढाउँदै छौं,’ उनले भने । सरकारले कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यक्रम लागू गरेको छ । जिल्लामा आवश्यकमध्ये हालसम्म २५ प्रतिशत मात्र आइपुगेको पुस्तक व्यवसायीहरू बताउँछन् । जिल्लामा ४ सय ४१ सामुदायिक र १ सय ३४ संस्थागत विद्यालय छन् । (कान्तिपुर)

    प्रकाशित मिति :जेठ १८ २०७९ बुधवार - १३:४३:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij