Logo

२०८२ आश्विन ३० गते बिहिवार

२०८२ आश्विन ३० गते बिहिवार

विद्यालय कर्मचारीलाई विभेद गरेको भन्दै आन्दोलन गर्ने कर्मचारी परिषद्ले दियो यस्तो चेतावनी

विद्यालय कर्मचारीलाई विभेद गरेको भन्दै आन्दोलन गर्ने कर्मचारी परिषद्ले दियो यस्तो चेतावनी


  • 28.5K
    Shares

    विद्यालय कर्मचारीलाई विभेद गरेको भन्दै आन्दोलन गर्ने कर्मचारी परिषद्ले दियो यस्तो चेतावनी
    images

    सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरु प्रति बजेटले विभेद गरेको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले आपत्ति जनाएको छ । विद्यालयमा कार्यरत कर्मचारीहरु प्रति कुनै पनि नयाँ कार्यक्रममा नसमेटिएका कारण आपत्ति जनाएको हो ।

    प्रेस विज्ञप्ति जारी गर्दे परिषद्ले आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यमा नेपाल विद्यालय कर्मचारी परिषद्को ध्यानाकर्षण भएको र विद्यालय कर्मचारीहरु प्रति विभेद गरिएको भन्दै आपत्ति जनाएको छ ।

    नेपाल सरकार र नेपाल शिक्षक महासंघ विच भएको सम्झौताको कुनै औचित्य नरहेको र विद्यालयमा कार्यरत कर्मचारीहरु प्रति कुनै पनि नयाँ कार्यक्रम नसमेटिनुले पटक पटक गरिएको ध्यानाकार्षण पत्रको कुनै औचित्य नरहनु प्रति गम्भीर आपत्ति रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    साथै विषम् परिस्थितिमा तुरुन्तै गम्भीर छलफल गरी निकास निकाल्नका लागि नेपाल सरकारलाई आग्रह गरको छ । तत्काल कुनै निकास नआएमा नेपाल विद्यालय कर्मचारी परिषद्ले कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएको छ ।

    unnamed-43.jpg

    प्रकाशित मिति :जेठ १७ २०७९ मंगलवार - १३:२७:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij