Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

आचरण विपरीत कार्य गर्ने शिक्षक तथा कर्मचारीलाई सात दिन भित्रै राजिनामा दिन निर्देशन

आचरण विपरीत कार्य गर्ने शिक्षक तथा कर्मचारीलाई सात दिन भित्रै राजिनामा दिन निर्देशन


  • 8.9K
    Shares

    आचरण विपरीत कार्य गर्ने शिक्षक तथा कर्मचारीलाई सात दिन भित्रै राजिनामा दिन निर्देशन

    बर्दिया जिल्लाको राजापुर नगरपालिकाले राजनीतिक दलमा संलग्न रही सक्रिय रुपमा राजनीतिक दलको कार्यकारीणी पदमा रही काम गर्ने शिक्षकलाई राजिनामा दिन निर्देशन दिएको छ ।

    दलको कार्यकारीणी पदमा रहेर विद्यालयको पठनपाठन प्रभावित हुने गरी आचरण विपरीत कार्यगर्ने राजापुर नगरपालिका अन्तर्गतका विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई राजिनामा दिन लगाउन भन्दै सबै सामुदयिक विद्यालयहरुलाई निर्देशन दिएको हो ।

    साथै प्रचलित शिक्षा, ऐन, २०२८ (शंसोधन सहित) को दफा १६ (ङ) को उपदफा ५ को (छ) मा उल्लेखित व्यवस्था उल्लङघन गरी विभिन्न राजनीतिक दलमा संलग्न रही सक्रिय रुपमा राजनीतिक दलको कार्यकारीणी पदमा रही पठनपाठन प्रभावित हुने गरी आचरण विपरीत कार्य गर्ने विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई राजिनामा दिन लगाई सो को विवरण सात दिन भित्र राजापुर नगरपालिकाको कार्यालयमा पेश गर्न निर्देशन दिएको छ ।

    281962895_733234761045493_418429021629785918_n.jpg

    प्रकाशित मिति :जेठ ११ २०७९ बुधवार - ११:३९:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij