Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

आगामी शैक्षिक सत्र: मन्त्रालयले अगाडि सार्यो कक्षा ८ सम्म दिवा खाजाको व्यवस्थापनको प्रस्ताव

आगामी शैक्षिक सत्र: मन्त्रालयले अगाडि सार्यो कक्षा ८ सम्म दिवा खाजाको व्यवस्थापनको प्रस्ताव


  • 8.4K
    Shares

    आगामी शैक्षिक सत्र: मन्त्रालयले अगाडि सार्यो कक्षा ८ सम्म दिवा खाजाको व्यवस्थापनको प्रस्ताव

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी शैक्षिक सत्रबाट कक्षा ८ सम्म दिवा खाजाको व्यवस्थापनको प्रस्ताव अगाडि सारेको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी शैक्षिक सत्रबाट दिवा खाजा कक्षा ८ बनाउन प्रस्ताव गरेको बताए ।

    हाल कक्षा ५ सम्म दिवा खाजाको व्यवस्था छ । मन्त्री पौडेलले शिक्षामा उपलब्ध गराएको बजेट सिलिङ निकै कम भएकोले कुल राष्ट्रिय बजेटको कम्तीमा १५ प्रतिशत रकम उपलब्ध गराइदिन अनुरोध गरेको जानकारी दिए । आगामी वर्षको बजेट कार्यक्रममार्फत शिक्षामा तीन प्रकारको सुधार गरिने मन्त्री पौडेलले बताए । उनले भने, ‘कानुनी सुधार, शिक्षण सिकाइमा सुधार र पूर्वाधारमा सुधार गर्न चाहेका छौँ ।’

    मनाङ, मुस्ताङ लगायतका दुर्गम क्षेत्रमा विद्यार्थी संख्या निकै कम भएको र त्यस्ता स्थानमा विद्यालय गाभ्ने कानुनी व्यवस्था पनि ल्याउने, यातायात व्यवस्था गरिने र हरेक प्रदेशमा कम्तीमा एउटा आवासीय विद्यालय स्थापनाको योजना बजेटमार्फत ल्याइने मन्त्री पौडेलले बताए ।

    सबै जिल्लामा प्राविधिक शिक्षा विस्तार गर्ने योजना रहेको र त्यसका लागि पाँच हजार विद्यालय निर्माण गरिने बताए । कानुन मन्त्रालयमा रहेको संघीय शिक्षा ऐन संसद अधिवेशनमार्फत अगाडि बढाइने मन्त्री पौडेलले जानकारी दिए ।

    प्रकाशित मिति :जेठ १० २०७९ मंगलवार - ११:३६:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij