Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

शैक्षिकसत्र शुरु: अझै छापिएन पाठ्यपुस्तक, विद्यार्थी अन्यौलमा, यस्तो छ शिक्षा सचिवको भनाइ!

शैक्षिकसत्र शुरु: अझै छापिएन पाठ्यपुस्तक, विद्यार्थी अन्यौलमा, यस्तो छ शिक्षा सचिवको भनाइ!


  • 4.0K
    Shares

    शैक्षिकसत्र शुरु: अझै छापिएन पाठ्यपुस्तक, विद्यार्थी अन्यौलमा, यस्तो छ शिक्षा सचिवको भनाइ!

    जेठ ३ गते देखि नयाँ शैक्षिकसत्र शुरुभएको छ। शैक्षिक शुरु हुनु पुर्व भर्ना गर्दा विद्यार्थीको हातमा पाठ्यपुस्तक परिसक्नुपर्ने भएपनी सरकारले पाठ्यपुस्तक छपाइमा गरेको ढिलासुस्ती र हेलचेक्रयाइँले विद्यार्थीको हातमा पुस्तक पर्न सकेको छैन।

    पाठ्यपुस्तक छपाइमा ढिलासुस्ती भएपछि देशभरका माध्यमिक तहसम्म अध्ययनरत विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ । 

    विशेष गरी कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यपुस्तक सरकारले लागू गरेको तर अहिलेसम्म पनि छपाई कार्य पूरा नहुँदा विद्यार्थी र शिक्षकहरूमा अध्ययन, अध्यापन कसरी गर्ने भन्ने अन्यौलता छाएको छ । 

    सरकार शैक्षिक पठनपाठनमा गंभिर नहुनु र स्थानीय निर्वाचनको तयारीमा मात्रै लिप्त रहनु जेठ पहिलो सातासम्म पनि विद्यार्थीहरूको हातमा पाठ्यपुस्तक उपलब्ध हुन नसकेको अध्यापकहरू बताउँछन् ।

    श्रोतका अनुसार अबका ३ महिनासम्म पनि विद्यार्थीहरूले पाठ्यपुस्तक पाउने सम्भावना नरहेको बुझिएको छ । उनले कक्षा १ देखि १० सम्मकै पाठ्यपुस्तकहरु नछापिएकोले विद्यार्थीहरूले पढ्न पाउने अधिकारबाट वञ्चित हुनुपर्ने स्थिति आएको बताए ।

    नयाँ पाठ्यपुस्तक लागू हुने कक्षाका लागि भने विद्यालयले पाठ्यक्रम विकास केन्द्रले आफ्नो वेबसाइटमा जुन सफ्ट कपि डाउनलोड गरी विद्यार्थीहरूलाई तत्कालका लागि पठनपाठनको व्यवस्था मिलाउने बताए । तर सहरी क्षेत्रमा क्षणिक समाधानका लागि यो उपायले काम गरे पनि दूरदराजका क्षेत्रहरूमा यो उपाय सही साबित हुन सक्दैन । जसका कारण आगामी दशैँसम्म दुर्गमका विद्यार्थीहरूले पाठ्यपुस्तक बिना नै अध्ययन गर्नुपर्ने बाध्यता रहेको छ।

    रुस-युक्रेन युद्ध र चुनावका कारण समयमै पाठ्यपुस्तक छाप्न सकेनाैँ: शिक्षा सचिव

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव यादवप्रसाद कोईरालाले पालिका चुनाव र रुस-युक्रेन युद्धका कारण समयमै पाठ्यपुस्तक छाप्न ढिलाइ भएकाे बताउनुभएकाे छ ।

    उहाँले वैशाखमा पुस्तक छाप्ने योजना रहे पनि पालिका तह सदस्य निर्वाचनका कारण मतपत्र छाप्ने कार्यमा प्राथमिकता दिनुपर्ने भएकोले पुस्तक छपाइ कार्यलाई घटाएको बताउनु भयो । उहाँले बीचमा युक्रेनमा भएको युद्धका कारणले सप्लायर्सले कागजसहितका अन्य सामान ल्याउन नसक्नुले पनि केही ढिलो हुन गएको बताउनु भयो ।

    ‘वैशाखमा पुस्तक छाप्ने हाम्रो योजना थियो । वैशाख १ गतेबाट किताब वितरण गर्ने फाइनल स्टेजमा थियौँ । बीचमा युक्रेनमा भएको युद्धका कारणले सप्लायर्सले सामान ल्याउन सकेनन् कागजहरु । निजी क्षेत्रले समेत कागजको अभावका कारण छाप्न नसक्ने अवस्था छैन भने । भेटेका सामानहरु पनि अहिले ५० प्रतिशत मूल्य बढेर भेटियो । त्यो पनि सप्लायर्सले सम्झौता गरेको ठाउँबाट ल्याउन सकेको थिएन', शिक्षा सचिव कोइरालाले भन्नुभयो, 'तेस्रो भनेको चुनावको कारणले पनि छाप्न सकिएन । यसमा थोरै मात्रै छाप्न बाँकी रहेको कारणले बिस्तारै गर्ने प्राथमिकता निर्वाचनलाई दियाैँ । अझै ५/७ दिन मत गणनाको कारणले ढिला हुने देखिन्छ केही स्थानहरुमा ।’

    यस्तै उहाँले करिब ६ महिनाअघि नै कर्णाली प्रदेशमा पाठ्यपुस्तक पुगिसकेको र अन्य ठाउँहरुमा भने आजभाेलि नै विद्यार्थीहरुको हातमा पुस्तक पुग्ने बताउनुभयाे । समयमै पाठ्यपुस्तक सम्बन्धित ठाउँमा पठाइएकोले समयमै सबै विद्यार्थीको हातमा पाठ्य पुस्तक पुग्ने उहाँकाे भनाइ छ ।

    यद्यपि सरोकारवारा र शिक्षाबिध हरु भने यो कुरालाइ स्विकार गर्दैनन् । पाठ्यपुस्तक छपाइन नसकेपछी विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगिसकेको छ भन्नू गैरजिम्मेवार अभिव्यक्ति रहेको छ।

    प्रकाशित मिति :जेठ ९ २०७९ सोमवार - १४:५६:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij