Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

शिक्षक र कर्मचारीको तलब बढ्ने लाग्यो टुंगो, कसको कतिले बढ्छ ?

शिक्षक र कर्मचारीको तलब बढ्ने लाग्यो टुंगो, कसको कतिले बढ्छ ?


  • 212.6K
    Shares

    शिक्षक र कर्मचारीको तलब बढ्ने लाग्यो टुंगो, कसको कतिले बढ्छ ?

    सरकारले  सरकारी  कर्मचारीको  तलब  बढाउने भएको छ । आगामी साउन १ गतेदेखि लागू हुने गरी सरकारले तलब बढाउने तयारी गरेको हो । अर्थ  मन्त्रालयका  अनुसार  आगामी  आर्थिक  वर्ष  २०७९/८०  को  बजेटमार्फत  कर्मचारीको तलब बढाउने तयारी भइरहेको छ । 

    शुक्रबार मुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा तलब भत्ता पुनरावलोकन समितिको बैठकले शिक्षक र कर्मचारीको तलब बढाउन आवश्यक रहेको निश्कर्ष निकालेसंगै अब शिक्षक र कर्मचारीको तलब बढ्ने टुंगो लागेको हो।

    महङ्गीको अनुपातमा निजामती कर्मचारी, शिक्षक, सेना र प्रहरीको तलब बढाउन सरकार राजी भए संगै जेठ १५ गते संसदमा अर्थमन्त्रीले वाचन गर्ने आगामी आर्थिक वर्षको बजेट भाषणमा कर्मचारीको तलब बढ्ने भएको छ।

    श्रोतका अनुसार अनुपातमा मिलाएर हरेक तहका शिक्षक कर्मचारीको तलब दुई हजारले बढ्नेछ। 

    प्रकाशित मिति :जेठ ९ २०७९ सोमवार - ११:३३:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij