२०८२ भाद्र ५ गते बिहिवार
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय व्यवस्थापन समिति गठन गर्न सबै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ।
केन्द्रले म्याद सकिएका र प्रक्रिया नपुगि गठन भएका विद्यालय व्यवस्थापन समितिलाई शिक्षा नियमावलीमा भएको व्यवस्था अनुसार गठन गर्न एकाइलाई निर्देशन दिएको हो।
म्याद समाप्त भएको र नियमानुसार गठन नभएको विद्यालय व्यवस्थापन समितिबाट हुने निणर्यहरू नियमसंगत नहुने भएकोले तोकिएको म्याद भित्रै विद्यालय व्यवस्थापन समितिको गठन गर्ने व्यवस्था मिलाउन केन्द्रले एकाइलाई निर्देशन दिएको छ।
केन्द्रले सामुदायिक विद्यालयको सञ्चालन, व्यवस्थापन तथा रेखदेख गर्ने प्रयोजनको लागि गठित विद्यालय व्यवस्थापन समितिको प्रचलित कानुन बमोजिम म्याद समाप्त भइसकेको भए शैक्षिक शत्र शुरु भएपछि प्रचलित कानुन बमोजिम गठन गर्नुपर्ने केन्द्रले जारी गरेको सुचनामा उल्लेख छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij