Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

शनिबार र आइतबार बिदा दिने निर्णय पछि शिक्षा मन्त्रालयले जारी गर्यो यस्तो सूचना (सूचनासहित)

शनिबार र आइतबार बिदा दिने निर्णय पछि शिक्षा मन्त्रालयले जारी गर्यो यस्तो सूचना (सूचनासहित)


  • 83.6K
    Shares

    शनिबार र आइतबार बिदा दिने निर्णय पछि शिक्षा मन्त्रालयले जारी गर्यो यस्तो सूचना (सूचनासहित)

    मन्त्रालयका प्रवक्ता दीपक शर्माले शनिबार र आइतबार बिदा दिने निर्णय गरेपछि शैक्षिक संस्थामा पढाइ हुने दिन घट्न नदिन हिउँदे, वर्षे र स्थानीय बिदा कटौती गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

    बुधबार बसेको मन्त्रालयको बैठकले सरकारको निर्णय अनुसार जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो ।

    उहाँले भन्नुभयो, ‘‘हिउँदे, वर्षे र पर्व बिदा कटौती गरी वर्षभरिमा अधिकतम ३० दिनसम्म बिदा दिन सकिन्छ ।’’ यसअघि हिउँदे, वर्षे र पर्व बिदा गरी ४५ दिन, स्थानीय बिदा पाँच दिन दिने व्यवस्था थियो ।

    उहाँका अनुसार हिउँदे, वर्षे बिदा गरी कुल ४५ दिन र स्थानीय पर्व बिदा पाँच दिन गरी ५० दिन बिदा पाउने व्यवस्था छ । यी बिदालाई कटौती गरी वार्षिक ३० दिन मात्रै बिदा दिने व्यवस्था मिलाइने जानकारी उहाँले दिनुभयो ।

    Educting.jpg

    प्रकाशित मिति :जेठ २ २०७९ सोमवार - १४:१६:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij