२०८२ भाद्र ४ गते बुधवार
त्रिभुवन विश्वविद्यालयले हप्ताको ६ दिन नै नियमित पठनपाठन र अन्य सेवाहरू सञ्चालन गर्ने भएको छ ।
नेपाल सरकारले परीक्षणका रूपमा जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन (प्रत्येक शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको सन्दर्भमा विश्वविद्यालयले आज एक सूचना जारी गरी अर्को सूचना नभएसम्मका लागि साबिक बमोजिम नै आइतबारपनि विश्वविद्यालयका सेवाहरू सञ्चालन रहने जनाएको हो ।
त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाद्वारा जारी सूचनामा कोभिडको असरका कारणले शैक्षिक पात्रो ढिलो भएको, पठनपाठन र परीक्षाका तालिकाहरू पहिले नै निर्धारण भइसकेको तथा विश्वविद्यालयको पाठ्यक्रमको संरचना ६ कार्य दिनलाई ध्यानमा राखेर निर्माण भइसकेको हुँदा नियमितरूपमा सञ्चालन गर्न आवश्यक भएकाले उल्लेख गरेको छ ।
साथै, विद्यार्थीहरूको पठनपाठन र विश्वविद्यालयबाट प्रदान गरिने स्वास्थ्य सेवालगायत अन्य सेवाहरूलाई ६ दिन नै सञ्चालन गर्ने बताइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij