२०८२ माघ ९ गते शुक्रवार
देशभर हुन लागेकाे स्थानीय तह निर्वाचनमा कर्मचारी व्यवस्थापनमा शिक्षकहरूकाे मानसम्मानमा आँच पुग्ने गरी खटाए शिक्षकहरू तोकिएको कार्य क्षेत्रमा गई कार्य सम्पादन गर्न बाध्य नहुने चेतावनी निर्वाचन आयाेगलाई दिएका छन् ।
रामेछाप जिल्लामा कार्यरत शिक्षकहरूका पेशागत संघसंगठनले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै आयाेगलाई सो चेतावनी दिएका हुन् ।
शिक्षकहरूकाे तहगत र श्रेणीगतस्तरलाई वास्ता नगरी जिम्मेवारी तोकिएकोले शिक्षकहरूकाे स्वाभिमान प्रश्न उठेको शिक्षकहरूले आरोप लगाएका छन् ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij