२०८२ माघ ९ गते शुक्रवार
मावि तहको नतिजा पुनर्योग निवेदन पेश गर्ने भोलि अन्तिम दिन रहेको छ। शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको लिखित परीक्षा (सामान्य) को नतिजा पुनर्योग सम्बन्धी सूचना जारी गरेको आज ६ दिन बितिसकेको छ ।
आयोगले नतिजा पुनर्योग गर्न चाहनेहरूका लागि गत मंगलबार सूचना जारी गरेको थियो ।
आयोगको भनाइमा पाँच सय रूपैयाँ राजश्व तिरेको सक्कल रसिद, शैक्षिक योग्यता, तालिम वा अध्यापन अनुमति पत्रको प्रमाण पत्र र प्रवेशपत्रको प्रतिलिपिसहित आयोगको वेबसाइटमा भएको पुनर्योगको टाँचा प्रिन्ट गरी सोहीअनुसार विवरण भरी भोलि वैशाख २६ गतेसम्म कार्यालय समयभित्र निवेदन पेश गर्न सकिनेछ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij