२०८२ भाद्र ५ गते बिहिवार
शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणीको खुला तर्फको सामान्य विषयको नतिजा सार्वजनिक गरेको छ ।
निम्न माध्यामिक तहको २ हजार ५९८ शिक्षक पदका लागि ८८ हजार ५१९ जना परीक्षार्थीले परीक्षा आवेदन फाराम भरेका थिए ।
सामान्य विषयको परीक्षामा जम्मा ७६ हजार ९०६ परीक्षा सहभागी भएका थिए । सहभागी मध्ये २० हजार ९८२ जना मात्र उत्तीर्ण भएका छन् । कुल उत्तीर्णको संख्या हेर्दा निमाविमा २७.२८ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण भएका छन् ।
सूची:
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij