Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

शिक्षक सेवा आयोग परीक्षा: ३४ कोटामा सबै फेल, अर्को परीक्षा सञ्चालन गर्नुपर्ने

शिक्षक सेवा आयोग परीक्षा: ३४ कोटामा सबै फेल, अर्को परीक्षा सञ्चालन गर्नुपर्ने


  • 45.3K
    Shares

    शिक्षक सेवा आयोग परीक्षा: ३४ कोटामा सबै फेल, अर्को परीक्षा सञ्चालन गर्नुपर्ने

    शिक्षक सेवा आयोगले सञ्चालन गरेको माध्यमिक तहको सामान्यतर्फको खुला प्रतियोगितात्मक परीक्षामा विभिन्न विषयका ३४ वटा कोटा रिक्त भएका छन् ।

    परीक्षामा सहभागीमध्ये एक जना पनि उत्तीर्ण नभएपछि ती कोटा रिक्त भएका हुन् । रिक्तमध्ये मधेस प्रदेशका सबैभन्दा धेरै (२९ वटा) कोटा रिक्त भएका छन् । विज्ञान र नेपाली विषयमा धेरै अनुत्तीर्ण छन् ।

    रिक्त कोटाका लागि आयोगले अर्को परीक्षा सञ्चालन गर्नुपर्छ। मधेसमा नेपाली विषयमा ३२ जना शिक्षकका लागि आवेदन आह्वान गरिएकोमा २६ जना मात्रै उत्तीर्ण भए । सोही प्रदेशमा गणित विषयमा १७ जना माग गरिएकोमा १५ जना मात्रै उत्तीर्ण भए ।

    मधेस प्रदेशमै विज्ञान विषयमा २२ जना माग गरिएकोमा सात जना मात्रै उत्तीर्ण भएको शिक्षक सेवा आयोगका सूचना अधिकारी सुदर्शन मरहट्ठाले जानकारी दिए । (पत्रपत्रिकाबाट)

    प्रकाशित मिति :बैशाख २३ २०७९ शुक्रवार - १०:४१:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij