Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

माविको नतिजामा आलोचना आएपछि अध्यक्ष रेग्मीले दिए यस्तो प्रतिक्रिया, कुन प्रदेशमा कति परीक्षार्थी भए पास ?

माविको नतिजामा आलोचना आएपछि अध्यक्ष रेग्मीले दिए यस्तो प्रतिक्रिया, कुन प्रदेशमा कति परीक्षार्थी भए पास ?


  • 13.0K
    Shares

    माविको नतिजामा आलोचना आएपछि अध्यक्ष रेग्मीले दिए यस्तो प्रतिक्रिया, कुन प्रदेशमा कति परीक्षार्थी भए पास ?

    शिक्षक सेवा आयोगले करिब पाँच वर्षपछि शिक्षक छनोटका लागि नयाँ पाठ्यक्रम निर्माण गरेर विसं २०७८ चैत्र १५ गते सम्पन्न माध्यमिक तह तृतीय श्रेणीको शिक्षक छनोटका लागि प्रथम पत्रको परीक्षा लियो । सो परीक्षाको नतिजा २०७९ वैशाख २० गते करिब एक महिनापछि प्रकाशन गर्‍यो ।

    नतिजा प्रकाशनसँगै आयोगले सञ्चालन गरेको परीक्षाले धेरै विषयमा प्रश्न उब्जायो । आयोगले विभिन्न १४ विषयमा दरबन्दी माग सङ्ख्या १ हजार ५५२ कायम गरेर लिएको परीक्षामा ३२ हजार ०९७ जना परीक्षार्थीहरू समावेश भएका थिए । जसमध्ये ३ हजार ८८६ जना मात्र उत्तीर्ण हुन सके । यो नतिजा जम्मा १२ प्रतिशत मात्र हो ।

    यसरी कमजोर नतिजा प्रकाशित भएकोमा विभिन्न दृस्टिकोणहरु सार्वजनिक भइरहेको छ। खासगरी सामाजिक सञ्जाल अहिले यो विषयले तातेको छ।

    माविको थोरै प्रतिशत उत्तीर्ण हुँदा त्यसतै नतिजा निमावि र प्राविमा नआउला भन्न नसकिने विश्लेषणहरू हुन थालेका छन्। यही विषय बारम्बार उठेपछि शिक्षक सेवा आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले यसबारे प्रतिक्रिया दिएका छन्। रेग्मीले यो किसिमको नतिजा आउनुमा परीक्षार्थीले कम मेहनत गर्नु र विश्वविद्यालयले पनि गतिलो नपढाउनु दुई वटा कारण देखेका छन्।

    उनी भन्छन् ‘आयोगले परीक्षाको गुणस्तरमा सम्झौता नगर्दा धेरै परीक्षार्थी असफल भएका हुन् । पूर्णाङ्कको ५० प्रतिशत अङ्क ल्याए पास हुने व्यवस्था गरिएको थियो । परीक्षार्थीले परीक्षाको तयारी राम्रो गरेनन् । विश्वविद्यालयले पनि राम्रो पढाउन सकेको रहेनछ जस्तो लाग्यो । आयोगले त परीक्षार्थी कमजोर छन् भनेर आफ्नो मापदण्डमा सम्झौता गर्ने कुरा भएन ।’

    आयोगले गुणस्तरीय शिक्षाका लागि त्यही स्तरको शिक्षकहरू विद्यालयमा पठाउनुपर्ने भएको हुँदा आफ्नो मापदण्डमा कडाइ गरेको उनको आशय छ।

    कुन प्रदेशमा कति परीक्षार्थी पास भए ?

    आयोगले लिएको परीक्षामा सबैभन्दा थोरै मधेस प्रदेशमा र सबै भन्दा धेरै बाग्मती प्रदेशका परीक्षार्थीहरू पास भएका छन् । मधेस प्रदेशमा २ हजार १५ जना परीक्षार्थी सहभागी भएकोमा १ सय २० जना (६ प्रतिशत) परीक्षार्थीहरू मात्र पास भएका छन् भने बाग्मती प्रदेशमा ६ हजार २२६ जना परीक्षार्थी सहभागी दिएकामा ८९२ जना (१४ प्रतिशत) परीक्षार्थी पास भएका छन् । मधेस प्रदेशमा १११ र बाग्मती प्रदेशमा ३२८ जना शिक्षकको लागि प्रतिस्पर्धा भइरहेको छ । 

    यस्तै प्रदेश १ मा ८ हजार ७१ जना सामान्य परीक्षामा सहभागी भएकोमा ९८८ जना मात्र पास भएका छन् । प्रदेश १ मा ४१० जना शिक्षकको माग रहेको छ । गण्डकी प्रदेशमा ६ हजार ४ सय ७४ जना परीक्षार्थी सहभागी भएकोमा ८६५ जना पास भएको छन् । यहाँ  ३२१ पदका लागि शिक्षको माग गरिएको छ ।

    लुम्बिनी प्रदेशमा ४ हजार ३५१ जना परीक्षार्थी सहभागी भएकोमा विषगत परीक्षाका लागि ४६५ जनाले नाम निकालेका छन् । यहाँ १५८ जना शिक्षक पदपूर्तिका लागि विज्ञापन भएको थियो ।

    १ हजार ४७३ जना परीक्षार्थी सहभागी भएको कर्णाली प्रदेशमा १९१ जना पास भएका छन् भने सूदुरपश्चिम प्रदेशमा ४ हजार ८७ जना परीक्षार्थीहरू पहिलो चरणको सामान्य परीक्षामा सहभागी भएकोमा ३६५ जना विषयगत परीक्षाको लागि योग्य ठहरिएका छन् ।

    कर्णालीमा ११७ र सूदुरपश्चिममा १०७ जना शिक्षक नियुक्ति गर्न लागिएको छ । आयोगले देशभरका सामुदायिक विद्यालयका लागि प्रावि, निमावि र मावि तहमा साढे १७ हजार स्थायी शिक्षक नियुक्तिका लागि पहिलो चरणको परीक्षा सञ्चालन गरिसकेको छ ।

    प्रकाशित मिति :बैशाख २२ २०७९ बिहिवार - १०:४९:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij