२०८२ भाद्र ५ गते बिहिवार
– महेन्द्र कठायत
शिक्षक सेवा आयोगले सोमबार राति प्रकाशित माध्यमिक तहको शिक्षक पदपूर्तिको लागि सञ्चालन गरेको सामान्य परीक्षाको नतिजा चित्त नबुझी पुनर्योग गर्न चाहने उम्मेदवारले यहि वैशाख २६ गतेसम्म निवेदन दिनुपर्ने जनाएको छ ।
सो मितिको समयभित्र पाँच सय रूपैयाँ रावश्व दस्तुर तिरेको संकलन रसिद, न्यूनतम शैक्षिक योग्यता र तालिम तथा अध्यापन अनुमतिपत्रको प्रमाणपत्र एवम् प्रवेशपत्रको प्रतिलिपिसहित आयोगको वेबसाइट https://tsc.gov.np/ मा भएको पुनर्योग निवेदनको ढाँचा प्रिन्ट गरी सोहीअनुसार भरेर शिक्षक सेवा आयोग, सानोठिमी वा प्रदेश राजधानी रहेको जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइमाा निवेदन दिनुपर्ने छ ।
शिक्षक सेवा आयोगले म्याद समाप्त भएको मितिले ७ दिनभित्र निवेदकहरूको समष्टिगत विवरण समेत तयार गरी निवेदनसहित आयोगमा पठाउन सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइहरूलाई अनुरोध गरेको छ ।
यस्तो छ ढाँचा
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij