Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

आयोगले सार्वजनिक गर्यो मावि तहको नतिजा, निमावि र प्राविको कहिले ? (नतिजासहित)

आयोगले सार्वजनिक गर्यो मावि तहको नतिजा, निमावि र प्राविको कहिले ? (नतिजासहित)


  • 24.6K
    Shares

    आयोगले सार्वजनिक गर्यो मावि तहको नतिजा, निमावि र प्राविको कहिले ? (नतिजासहित)

    शिक्षक सेवा आयोगले माध्यामिक तहको शिक्षक पदपुर्तिकको लागि सञ्चालन गरेको  सामान्य परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगले गत चैत १५ गते सञ्चालन गरेको माध्यामिक तहको समान्य विषयको नतिजा सार्वजनिक गरेको हो ।

    सो परीक्षामा १ हजार ५४७ शिक्षक दरबन्दी पदपूर्तिको लागि लिइएको परीक्षाको नतिजा प्रकाशित गरेको हो । सफल भएका उम्मेदवारहरूको विषयगत परीक्षा आगामी असार ९ गते विहान ८ बजेदेखि प्रदेश नं. १ को मोरड, मधेश प्रदेशको धनुषा, वागमती प्रदेशको मकवानपुर गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको रुपन्देही कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा सञ्चालन हुने सूचनामा उल्लेख गरिएको छ । 

    परीक्षाको नतिजामा चित्त नबुझी पुनयोंग गर्न चाहने उम्मेदवारले वेशाख २६  गतेसम्म कार्यालय समयभित्र रु ५०० राजस्व दस्तुर तिरेको सक्कल रसिद, न्यूनतम शैक्षिक योग्यता र तालिम तथा अध्यापन अनुमतिपत्रको प्रमाणपत्र एवम् प्रवेशपत्रको प्रतिलिपि सहित आयोगको वेवसाइटमा भएको पुनर्योग निवेदनको ढाँचा प्रिन्ट गरी सोही अनुसार भरेर शिक्षक सेवा आयोग सानोठिमी वा प्रदेश राजधानी रहेको जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइमा निवेदन दिनुपर्ने आयोगले जानकारी दियो ।

    साथै सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइले यसै सूचनालाई आधार मानी निवेदन लिइदिनुहुन र म्याद समाप्त भएको मितिले ७ दिनभित्र निवेदकहरुको समष्टिगत विवरण समेत तयार गरी निवेदन सहित आयोगमा पठाउने व्यवस्थाका लागि  आयोगले एकाइलाई अनुरोध  गरेको छ ।

    प्रकाशित मिति :बैशाख २० २०७९ मंगलवार - १२:४९:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij