२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले रू. १९ अर्ब १० करोड बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ ।
केन्द्रीय बैंकले ९१ दिन,१८२ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलवार बैशाख २० गते जारी हुने यस ट्रेजरी बिलका लागि सोमवार दिउँसो ३ बजे बोलकबोल हुने छ । केन्द्रीय बैंकले ९१ दिनको लागि रू.५ अर्ब १० करोडको ट्रजरी बिल जारी जारी गर्न लागेको हो ।
यस बिल आगामी साउन १७ गते परिपक्व हुनेछ । त्यसैगरी केन्द्रीय बैंकले १८२ दिनको लागि रू. १० अर्बको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो बिल भने आगामी कात्तिक १५ गते परिपक्व हुनेछ । त्यसैगरी १ वर्षको लागि रू. २ अर्ब बराबरको ट्रेजरी लिब जारी हुने भएको छ ।
यो ट्रेजरी बिल २०८० वैशाख १९ गते परिपक्व हुनेछ । ट्रेजरी बिल एक वा एक वर्षभन्दा कम अवधिको लागि आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालिन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालिन अवधिको स्रोत जुटाउन यो बिल प्रयोग गरिन्छ ।
सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत ट्रेजरी बिलको बोलकबोलमा सहभागि हुन पाउनेछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij