२०८२ भाद्र ५ गते बिहिवार
सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तथा प्रमाण पत्र तहका विभिन्न शैक्षिक कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुको अध्ययन निरन्तरता, शिक्षण संस्था स्थानान्तरण र कार्यक्रम परिवर्तन गरीएको जनाएको छ ।
परीक्षा नियन्त्रण कार्यालयले अध्ययन निरन्तरता, शिक्षण संस्था स्थानान्तरण र कार्यक्रम परिवर्तनका लागि निवेदन दर्ता माग गरेकोमा आवश्यक कागजात पुरा भएका विद्यार्थीहरुलाई स्थानान्तरण र परीवर्तन गर्न स्विकृत दिएको हो ।
विद्यार्थीहरुको शिक्षण संस्था स्थानान्तरण,क्रेडिट ट्रान्सफर, अध्ययन निरन्तरता र सम्बन्धित शिक्षण संस्थामा कार्यक्रम परिवर्तन र कार्यक्रम परिवर्तत गरी अन्य शिक्षण संस्थामा स्थानान्तरणका लागि स्विकृति दिने निर्णय भएको जनाएको छ ।
त्यसैगरी अध्ययन निरन्तरता, शिक्षण संस्था स्थानान्तरण र कार्यक्रम परिवर्तन गरी अध्ययन गर्न स्विकृत पाएका विद्यार्थीहरुले तोकिएको शिक्षण संस्थामा जानकारी गराई कक्षामा सहभागी हुन सक्ने जनाएको छ । साथै परीक्षा नियन्त्रण कार्यालयबाट निर्णय भएको पत्र बुझीलिई तोकिएको शिक्षण संस्थामा बुझाउन आग्रह गरेको छ ।
हेर्नुहोस कार्यक्रम परिवर्तन गरी शिक्षण संस्थामा स्थानान्तरण भएका परीक्षार्थीहरुको नाम :
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij