Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

जेठ १ देखि शैक्षिक संस्थाहरू पनि शनिबार र आइतबार बिदा

जेठ १ देखि शैक्षिक संस्थाहरू पनि शनिबार र आइतबार बिदा


  • 5.7K
    Shares

    जेठ १ देखि शैक्षिक संस्थाहरू पनि शनिबार र आइतबार बिदा

    सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा (आइतबार र शनिबार) दिने निर्णय गरेसँगै शिक्षण संस्थाहरू पनि बन्द हुने भएका छन् ।

    शिक्षामन्त्री देवेन्द्र पौडेलले क्याम्पस र विद्यालय पनि दुई दिन बन्द गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी दिए । शिक्षामन्त्री पौडेलले परीक्षणका रूपमा मात्रै बिदा दिने निर्णय गरिएको बताए ।

    सोमबारदेखि शुक्रबारसम्म विद्यालयका कक्षा बिहान ९:३० देखि साँझ ४:३० बजेसम्म सञ्चालन हुने मन्त्री पाैडेलको भनाइ छ ।

    ‘विद्यार्थीको पढाइमा असर नपुगोस् भनेर अरु सार्वजनिक बिदा काटिन्छ, कसरी कक्षा सञ्चालन गर्ने मन्त्रालयले कार्ययोजना पनि बनाउँछ,’ उनले भने । सरकारले जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको हो । शिक्षामन्त्री पौडेलले परीक्षणका रूपमा मात्रै बिदा दिने निर्णय गरिएको बताए ।

    विदेशी मुद्रा सञ्चिति घट्दो र शोधनान्तर घाटा बढ्दो स्थितिले अर्थतन्त्रमा जोखिम बढेपछि सरकारले सार्वजनिक बिदा बढाउने निर्णय गरेको हो ।

    प्रकाशित मिति :बैशाख १५ २०७९ बिहिवार - १३:५६:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij