Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको सात वर्षे उपलब्धि समीक्षा

राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको सात वर्षे उपलब्धि समीक्षा


  • 3.2K
    Shares

    राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको सात वर्षे उपलब्धि समीक्षा

    राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम कार्यान्वयनको सात वर्ष पूरा गरेको उपलक्ष्यमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)ले कार्यक्रमको उपलब्धि समीक्षा गरेका छन्। 

    संयुक्त रूपमा सिंहदरवारमा कार्यक्रम आयोजना गरी कार्यक्रमको समीक्षा गरिएको थियो। नेपालको प्राथमिक तहका विद्यार्थीहरूको पठन सीप विकास गर्न सन् २०१५ मा युएसएआईडी र नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सात वर्षे यात्राको आरम्भ गरेको थियो ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा हरिप्रसाल लम्सालले पछिल्ला सात वर्षमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमले एकीकृत पाठ्यक्रमको कार्यान्वयन, शिक्षक पेसागत विकास र सहयोग, प्रारम्भिक कक्षाका बालबालिकाहरूको सुदृढ पठन सीपबाट सिकाइ उपलब्धिमा सुधार र प्रारम्भिक कक्षा पढाइ कार्यक्रमलाई दिगो बनाउन स्थानीय तहको शिक्षा योजना तर्जुमा गर्न ठोस सहयोग पुर्‍याएको बताए। 

    युएसएआईडी नेपाल कार्यक्रम निर्देशक सेपिदे केभानशादले राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको माध्यमबाट विगत सात वर्षदेखिको नेपाल सरकार र युएसएआईडी बिचको साझेदारीले नेपालका बालबालिकाको प्रारम्भिक कक्षा सिकाइमा महामारीको प्रतिकूल समयमा समेत ठोस सुधार ल्याएको बताए। 

    उनले नेपाल सरकार र अमेरिकी सरकारबीचको साझेदारीको ७५ वर्ष पुगेको उपलक्ष्यमा, विद्यालय शिक्षा क्षेत्र योजना २०२१–२०३० मा उल्लेख गरिएअनुसार प्रत्येक बालबालिकाको पढाइ सीपलाई यथार्थ बनाउने मन्त्रालयको लक्ष्य हासिल गर्ने एकीकृत प्रयासमा ठोस सहकार्यलाईे निरन्तरता दिन चाहेको बताए। 

    सन् १९५० मा कलेज अफ एजुकेशनको स्थापना सँगै संयुक्त राज्य अमेरिकाले नेपालको शिक्षा क्षेत्रमा सहयोगको  थालनी गरेको थियो । त्यसबेलादेखि नै अमेरिकी सरकारले नेपाल सरकारसित सहकार्य तथा मुलुकको शिक्षाको गुणस्तर सुधारका निम्ति निरन्तररूपमा सहयोग उपलब्ध गराउँदै आएको छ ।

    प्रकाशित मिति :बैशाख १४ २०७९ बुधवार - १४:२९:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij