Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

‘एसइईमा परीक्षामा देखिएको समस्या समाधान हुन्छ’: शिक्षामन्त्री पौडेल

‘एसइईमा परीक्षामा देखिएको समस्या समाधान हुन्छ’: शिक्षामन्त्री पौडेल


  • 3.9K
    Shares

    ‘एसइईमा परीक्षामा देखिएको समस्या समाधान हुन्छ’: शिक्षामन्त्री पौडेल

    शिक्षा तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा देखिएका समस्या छलफलबाट समाधान गर्दै जाने बताएका छन् । 

    चितवनस्थित लक्ष्मी मावि लङ्कुमा सञ्चालित एसईई परीक्षा निरीक्षणपछि आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले एसईई परीक्षामा सामान्य केही समस्या देखिएको बताए। 

    'केही प्रश्नपत्रहरूमा शिक्षकहरूको समेत गुनासो आएको छ, यसलाई हामी समीक्षा गर्छौं' उनले भने। देशैभर एसईई शान्त रुपमा भइरहेको उनले जानकारी दिए। 

    अर्को प्रसंगमा बोल्दै उनले चितवनमा निर्माण हुने भनिएको शिक्षक अस्पतालको काम प्रभावकारी तवरले अघि बढेको बताए। कानुनी प्रक्रिया, जग्गा प्राप्ति बजेटको सुनिश्चितता लगायतको काम भइसकेको उनको भनाइ थियो।

     

    प्रकाशित मिति :बैशाख १४ २०७९ बुधवार - १३:१७:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij