Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

विद्यार्थीहरुलाई छात्रवृत्ति फारम भर्न केन्द्रले दियो यस्तो निर्देशन (सूचनासहित)

विद्यार्थीहरुलाई छात्रवृत्ति फारम भर्न केन्द्रले दियो यस्तो निर्देशन (सूचनासहित)


  • 5.3K
    Shares

    विद्यार्थीहरुलाई छात्रवृत्ति फारम भर्न केन्द्रले दियो यस्तो निर्देशन (सूचनासहित)

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयहरूलाई तेस्रो पटक विपन्न लक्षित छात्रवृत्ति फारम भर्न भराउन निर्देशन दिएको छ ।

    आ.व. २०७८–७९ मा सामुदायिक विद्यालयका माध्यमिक तह (कक्षा ९–१२) मा अध्ययनरत विद्यार्थीहरुलाई विपन्न लक्षित छात्रवृत्ति दिने प्रयोजनका लागि कक्षा ८ र कक्षा १० मा अध्ययनरत विद्यार्थीको पीएमटी फाराम भर्न  पुनः म्याद थप गरेको हो ।

    केन्द्रले पहिलो पटक गत फागुन १ गतेको गोरखापत्रमा २०७८ चैत्र ३० गतेसम्म फारम भर्ने म्याद राखी सूचना प्रकाशित गरेको थियो । विद्यालयबाट विवरण आउने क्रम जारी भएकाले सोहि मितिबाट लागु हुनेगरी वैशाख ७ गतेसम्म ७ दिनको लागि पहिलो पटक म्याद थप  गरेको थियो । निर्धारित समयमा सबै विद्यालयले फारम नभरेपछि पुनः दोस्रो पटक आगामी वैशाख ३१ गतेसम्मका लागि फाराम भर्ने म्याद पुनः थप गरेको हो ।

    केन्द्रले धेरै विद्यार्थीलाई सो छात्रवृत्ति कार्यक्रममा  सहभागी गराउन विपन्न लक्षित छात्रवृत्ति कार्यान्वयन मापदण्ड, २०७८ को प्रक्रिया पुयाई फाराम भर्ने  निर्देशन दिएको हो । बैशाख ३१ गते भन्दा पछाडि अपलोड भएका भएका फाराम मान्य नहुने केन्द्रले आज जारी गरेको सूचनामा  उल्लेख गरिएको छ । 

    media_file-1-1405318842.jpg

    प्रकाशित मिति :बैशाख १३ २०७९ मंगलवार - ११:२३:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij