२०८२ भाद्र ५ गते बिहिवार
राजनैतिक पूर्वाग्रह, द्वन्द्न्द तथा आन्दोलनका कारण हटाइएका शिक्षक तथा कर्मचारीको नामावली सार्वजनिक गरिएको छ ।
तत्कालीन पुनरावेदन अदालतको पूर्व मुख्य न्यायाधीश गोविन्द पराजुलीको अध्यक्षतामा गठित समितिले दिएको प्रतिवेदनका आधारमा नामावली सार्वजनिक गरिएको हो ।
राजनीतिक पूर्वाग्रह, द्वन्द्व तथा आन्दोलनका कारणबाट हटाइएका शिक्षक तथा कर्मचारीलाई गत फागुन १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले व्यवस्थापन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नामावली सार्वजनिक गरेको हो ।
प्रतिवेदनको अनुसूची ३ (क) मा उल्लेख भएका २३३ जना पनवहाली हुने शिक्षक, प्रतिवेदनको अनुसूची ३ (ख) बमोजिम स्थायी नियुक्ति पत्र लिएका तर हाजिर भइ कामकाज गर्न नपाएकालाई नियुक्ति गरी कामकाज गराउने भनी उल्लेख भएका १८ जना ,प्रतिवेदनको अनुसूची ४ मा उल्लेख भएका निवृत्तिभरण र अन्य सुविधा पाउने ४१ जना, प्रतिवेदनको अनुसूची ५ बमोजिम सेवाबाट हटाइएका अस्थायी शिक्षकहरुलाई सञ्चित विरामी विदाका अतिरिक्त एकमुष्ठ आर्थिक सहायता प्रदान गर्ने २८४ जना शिक्षकको विवरण सार्वजर्निक गरेको हो ।
नामावली सार्वजनिक गरिएका नामनामेसी एकीन गर्नुहुनको साथै संलग्न सूचीमा रहेका शिक्षकहरुले मात्र निवेदन दिने व्यवस्था गरिएको हुदा सो सूचीमा रहेको शिक्षकहरुले मात्र निवेदन पेश गर्न केन्द्रले निर्देशन दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij