२०८२ भाद्र ५ गते बिहिवार
शिक्षा प्रणालीलाई जगैदेखि रूपान्तरण गरिने छ । त्यसका लागि श्रम, रोजगारमूलक र गुणस्तरीय शिक्षा प्रदान गर्न जोड गरिने छ ।माध्यमिक विद्यालय तह सम्मको शिक्षालाई व्यवहारीक रूपमा नै निःशुल्क र गुणस्तरीय बनाइने छ ।
प्रारम्भमा “एक पालिका एक मोडल स्कुल” को अवधारणालाई कार्यान्वयन गरिने छ । सबै विद्यालयहरूमा कम्प्युटर शिक्षा दिइने छ । विशेष शिक्षा (अपाङ्ग शिक्षा) लाई विस्तार गरिने छ ।
आधारभूत तहमा मातृभाषामा शिक्षा प्रदान गरिने छ । आधारभूतभन्दा माथिल्लो तहमा अंग्रेजी, नेपाली र कम्तीमा एक प्रादेशिक भाषासहित बहुभाषिक नीति लागू गरिने छ ।
गणित, विज्ञान, स्वास्थ्य विज्ञानलगायतका आधुनिक विषयहरूको पढाई अंग्रेजी माध्यामबाट गरिने छ । विद्यालय र घरवस्तीको दूरी १ घण्टाभन्दा बढी भएका विद्यार्थीहरूका लागि विद्यालय हाताभित्रै होस्टल निर्माण अभियान प्रारम्भ गरिने छ ।
स्थानीय तहहरूले शिक्षामा सुरुमा कूल बजेटको १० प्रतिशतसम्म लगानी गर्ने छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij