Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

शैक्षिक सत्रबाट कक्षा ८ सम्म दिवा खाजाको व्यवस्थापन गरिने

शैक्षिक सत्रबाट कक्षा ८ सम्म दिवा खाजाको व्यवस्थापन गरिने


  • 3.1K
    Shares

    शैक्षिक सत्रबाट कक्षा ८ सम्म दिवा खाजाको व्यवस्थापन गरिने

    आगामी शैक्षिक सत्रबाट कक्षा ८ सम्म दिवा खाजाको व्यवस्थापनको प्रस्ताव अगाडि सारेको छ । उनले आगामी शैक्षिक सत्रबाट दिवा खाजा कक्षा ८ सम्म नै विस्तार गर्न नीति तथा कार्यक्रममा प्रस्ताव गरिएको जानकारी दिए । हाल कक्षा ५ सम्म दिवा खाजाको व्यवस्था छ ।

    उनले शिक्षामा उपलब्ध गराइएको बजेट सिलिङ निकै कम भएको उल्लेख गर्दै कुल राष्ट्रिय बजेटको कम्तीमा १५ प्रतिशत रकम उपलब्ध गराइदिन अनुरोध गरेको बताए । “सिलिङ्मा, शीर्षकमा र अन्तर्राष्ट्रिय अनुदान र ऋणमा बजेट वृद्धि गर्न प्रस्ताव गरेका छौँ” उनले भने, “हरेक प्रदेशमा कम्तीमा एउटा आवासीय विद्यालय स्थापनाको योजना आगामी बजेटमार्फत ल्याउनेछौँ ।” 

    उनले मनाङ, मुस्ताङ लगायतका दुर्गम क्षेत्रमा विद्यार्थी सङ्ख्या निकै कम भएको र त्यस्ता स्थानमा विद्यालय गाभ्ने कानुनी व्यवस्था पनि ल्याउनुपर्ने देखिएको बताउँदै त्यस्ता स्थानमा यातायात र अङ्ग्रेजी भाषाको व्यवस्थापन गरेर विद्यार्थी सङ्ख्या वृद्धि गर्नुपर्ने देखिएको बताए ।

    उनले प्राविधिक शिक्षा ७७ वटै जिल्लामा विस्तार गर्ने योजना सुनाउँदै पाँच हजार विद्यालय निर्माण गरिने बताए । कानुन मन्त्रालयमा रहेको सङ्घीय शिक्षा ऐन आगामी संसद अधिवेशनमार्फत अगाडि बढाइने बताए ।

    त्रिभुवन विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालयका रुपमा विकास गर्ने बताउँदै विश्वविद्यालयमा भूमिकाविहीन पद नराख्ने पक्षमा आफू रहेको स्पष्ट गरे ।

    प्रकाशित मिति :बैशाख ११ २०७९ आइतवार - ११:४५:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij