Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

जेठ ३० भित्र शिक्षकको कार्यसम्पादन मूल्याङ्कन फाराम बुझाउन आयोगले दियो यस्तो निर्देशन

जेठ ३० भित्र शिक्षकको कार्यसम्पादन मूल्याङ्कन फाराम बुझाउन आयोगले दियो यस्तो निर्देशन


  • 6.3K
    Shares

    जेठ ३० भित्र शिक्षकको कार्यसम्पादन मूल्याङ्कन फाराम बुझाउन आयोगले दियो यस्तो निर्देशन

    शिक्षक सेवा आयोगले जेठ ३० भित्र सामुदायिक विद्यालयका शिक्षकहरूको शैक्षिकसत्र २०७८ को कार्यसम्पादन मूल्याङ्कन फाराम बुझाउन निर्देशन दिएको छ।

    आयोगले सूचना जारी गर्दै सबै शिक्षा विकास निर्देशनालय,  शिक्षा विकास तथा समन्वय इकाइ, र सबै स्थानीय तहलाई पत्राचार गर्दै सामुदायिक विद्यालयका शिक्षकहरुको शैक्षिक सत्र २०७८ को कार्य सम्पादन मूल्याङ्कन फाराम आगामी जेठ ३० गतेसम्म भर्न भराउन निर्देशन दिएको हो।

    यसअघि नयाँ शैक्षिक सत्र सुरु भएको ३० दिनभित्र सामुदायिक विद्यालयको कार्य सम्पादन मूल्यांकन फारम बुझाउनुपर्ने व्यवस्था भए पनि कोभिड–१९ को संक्रमणको कारण शैक्षित तालिकामा देखिएको परिवर्तनको कारण आयोगले जेठ ३० सम्मको समय दिएको हो। 

    शिक्षकहरुको शैक्षिक वर्ष २०७८ को कार्यसम्पादन मूल्याङ्कन फाराम शिक्षक सेवा आयोग (एघारौँ संशोधन) नियमावली, २०७८ बमोजिम हुने र कार्यसम्पादन मूल्याङ्कन सम्बन्धमा समेत सोही नियमावली बमोजिम हुने निर्देशन दिएको छ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन बमोजिम सबै सामुदायिक विद्यालयहरुलाई शिक्षकहरूको  कार्यसम्पादन मूल्याङ्कन फाराम भर्न निर्देशन दिइएको हो। 

    मन्त्रालयले कोभिड-१९ को संक्रमणका कारण चैत्र मसान्तसम्म पूरै अवधि विद्यालयले नियमित रुपमा पठन पाठन सञ्चालन गर्ने, विद्यालयले लिने कक्षा १० सम्मका सबै परीक्षा २०७९ वैशाखमा मात्र सञ्चालन गर्ने र नतिजा प्रकाशन पनि वैशाखभित्रै सक्ने तथा विद्यालयले शैक्षिक सत्र २०७९ को नयाँ विद्यार्थी भर्नासमेत वैशाख महिनामा नै सुरु गर्ने, २०७९  जेठ १ गतेदेखि नियमित पठनपाठन गर्ने र २०७९  चैत मसान्तभित्र राष्ट्रिय पाठ्यक्रम प्रारुपले निर्दिष्ट गरे बमोजिम पाठ घण्टा अनुसारको पठन पाठन तथा सिकाइ क्रियाकलाप एवम् परीक्षा र मूल्याङ्कनका  कार्यहरु सकिने गरी वार्षिक शैक्षिक कार्यतालिका तय गर्न निर्देशन दिएको आयोगले बताएको छ।

    प्रकाशित मिति :बैशाख ९ २०७९ शुक्रवार - ११:१२:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij