२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन तत्काल नखुल्ने जनाएको छ ।
बिहीबार आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले प्राथमिक तहको अध्यापन अनुमति पत्रको पाठ्यक्रम परिवर्तन नभएका कारण तत्काल विज्ञापन नखुल्ने जानकारी दिए ।
मरहठ्ठाले भने, ‘निम्न माध्यमिक तह र प्राथमिक तहको शैक्षिक योग्यता एउटै भएकाले पनि तत्काल प्राविको विज्ञापन खुल्ने देखिदैन । पाठ्यक्रम परिवर्तन भएपछि मात्र विज्ञापन आह्वान गरिनेछ ।’
यसअघि आयोगले २०७६ सालमा प्रावि तहको अध्यापन अनुमति पत्रको लागि विज्ञापन आह्वान गरेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij