Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

धमाधम राजीनामा दिँदै स्थायी शिक्षक, यस्तो छ राजीनामा दिनुको कारण!

धमाधम राजीनामा दिँदै स्थायी शिक्षक, यस्तो छ राजीनामा दिनुको कारण!


  • 5.0K
    Shares

    धमाधम राजीनामा दिँदै स्थायी शिक्षक, यस्तो छ राजीनामा दिनुको कारण!

    आसन्न स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेद्‌वार बन्न नुवाकोटमा सरकारी स्थायी शिक्षकले राजीनामा दिन थालेका छन् ।

    केही शिक्षकले राजीनामा दिइसकेको र कतिपयले टिकट पक्का भएपछि राजीनामा दिने जनाएका छन् । जिल्ला शिक्षा विकास तथा समन्वय कार्यालय नुवाकोटले दिएको जानकारी अनुसार हालसम्म नुवाकोटमा तीन जना स्थायी शिक्षकले राजनीनामा दिइसकेका छन् । 

    यद्यपि, दुई महिनाको अवधिमा पाँच जना शिक्षकले घरायसी कारण देखाएर राजीनामा दिएको पाइएको छ । तीन जना स्थायी शिक्षकले कार्यालयमा घरायसी कारण देखाउँदै राजीनामा दिएको कार्यालयकी सूचना अधिकारी सम्झना थपलियाले जानकारी दिइन् ।

    उनका अनुसार एक महिनाको अवधिमा महेन्द्र मावि गौरीवेशीका मावि स्थायी शिक्षक चिरन्जिवी भट्ट, सरस्वती आधारभूत विद्यालय वेलकोटगढीका प्रावि दरवन्दीका स्थायी शिक्षक लुरामणी पुडासैनी र लक्ष्मेश्वरी मावि कुमारीका प्रावि दरवन्दीकै शिक्षक अर्जुनकुमार पुडासैनीले राजीनामा दिएका छन् ।

    आफूले विदुर नगरपालिका–१२ को वडाध्यक्ष पदमा दावी गर्दै आठवर्ष चार महिना सेवा अवधि वाँकी र प्रधानाध्यापक पदमा रहेकै अवस्थामा मावि स्थायी दरबन्दीको पदबाट राजीनामा दिएको महेन्द्र मावि गौरीवेशीको निवर्तमान प्रधानाध्यापक चिरन्जिवी भट्टले बताए । उनले नेकपा एमालेबाट उम्मेद्‌वार बन्ने तयारी गरेका छन् । 

    उनका अनुसार महादेव माविका प्रावि शिक्षक रामप्रसाद लामिछाने र सुर्यगढीका शिक्षक इतावहादुर गुरूङलेसमेत राजीनामा दिएका छन् । राजीनामा दिएका शिक्षकहरूले घरायसी तथा अन्य कारण देखाएका भएपनि अबको स्थानीय निर्वाचनमा उम्मेद्‌वार बन्न राजीनामा दिएको जनाइएको छ । 

    यसका साथै जनप्रतिनिधि बन्नका लागि विभिन्न विद्यालयमा करारमा रहेका कतिपय शिक्षकहरूलेसमेत राजीनामा दिइरहेका छन् । अन्य २० जनाभन्दा बढी स्थायी शिक्षकहरूलेसमेत राजीनामा दिनका लागि सदरमुकाम विदुर पुगेर जिल्ला शिक्षा समन्वय इकाई कार्यालयमा गएर परामर्श तथा राय लिइरहेका छन् ।

    दैनिकरूपमा स्थायी शिक्षकहरू स्थानीयतहको उम्मेद्‌वार बन्नका लागि राजीनामाको विषय लिएर आउने गरेको कार्यालयले जनाएको छ । स्थायी दरबन्दीका शिक्षकहरूले स्थानीय तहको निर्वाचनको उम्मेद्‌वारी, सेवा र राजीनामाका सम्बन्धमा सोधपुछ गरेका छन् । 

    मनोनयनपत्र दर्ता हुने अघिल्लो दिनसम्म नुवाकमोटका धेरै शिक्षकहरूले राजीनामा दिने तयारी गरेको जनाइएको छ । यद्यपि सेवाको पेन्सन अवधि पुगेका शिक्षकले भने उम्मेद्‌वारी पक्का भएपछि मात्र राजनीना दिने तयारीमा छन् ।

    शिक्षकहरूले आआफ्ना दलसँग टिकटको वार्गेनिङ गर्दै सुनिश्चित भएपछि मात्र राजीनामा दिने मनस्थिति बनाएको नेपाल राष्ट्रिय शिक्षक संगठन नुवाकोटका अध्यक्ष कृष्णप्रसाद उप्रेतीको भनाइ छ । स्थानीय तहको निर्वाचनमा उम्मेद्‌वार बन्नका लागि अन्य शिक्षकहरूले पनि उम्मेद्‌वार बन्नका लागि राजीनामा दिने तयारी गरिरहेका छन् । 

    विभिन्न विद्यालयमा कार्यरत शिक्षकले नगरपालिका र गाउँपालिकामा वडाध्यक्ष तथा अन्य पदमा उम्मेद्‌वार बन्न शिक्षण पेसाबाट राजीनामा दिने तयारी गरेको बताइएको छ । मतदाताले विश्वास गर्ने भएका कारण शिक्षकहरूले राजीनामा दिएर उम्मेद्‌वार बन्न चाहेको जनाइएको छ ।

    (वेबटिभी खबरबाट)

     

    प्रकाशित मिति :बैशाख ८ २०७९ बिहिवार - १२:०६:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij