२०८२ माघ ९ गते शुक्रवार
काठमाडौँ । यतिबेला धमाधम माविको फारम भर्ने कार्य भइरहेको छ भने त्यसलगत्तै आयोगले निमावि र प्राविको लाइसेन्सको फारम पनि खोल्ने बताएको छ।
यतिबेला भने प्रथम पत्रको परीक्षा दिएकाहरू माविको नतिजाको पर्खाइमा छन्। नतिजा कहिले प्रकाशित होला भन्ने कौतुहलता सबैलाई छ।
यतिबेला रुजु गर्ने, स्क्यान गर्ने कामहरू भइरहेकाले तिनै तहको नतिजा यो महिना भित्रमा प्रकाशित गरिसक्ने तयारी आयोगको रहेको उनको भनाइ थियो।
बजारमा हल्ला सुनिएजस्तो आज वा भोलि नै नतिजा आउनेमा सत्यता नरहेको भन्दै उनले सक्दो छिटो गर्ने तयारीमा आयोग पनि रहेको बताए।
( मात्र एजुकेशनबाट)
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij