Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

आधारभूत तहको प्रश्नपत्र निर्माणमा गम्भीर लापरबाही, सबै प्रश्न गलत

आधारभूत तहको प्रश्नपत्र निर्माणमा गम्भीर लापरबाही, सबै प्रश्न गलत


  • 21.4K
    Shares

    आधारभूत तहको प्रश्नपत्र निर्माणमा गम्भीर लापरबाही, सबै प्रश्न गलत

    बर्दियाको बाँसगढी नगरपालिकाले कार्यशालाबाट समूह छुट्याइ प्रश्नपत्र निर्माण गरेको थियो । सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीलाई एउटै तहका प्रश्नद्वारा मूल्याङ्कन गर्न नेपाली र अङ्ग्रेजीमा प्रश्नपत्र निर्माण गर्दा गुगल ट्रान्सलेसनमात्र गरेको, प्रुफ रिडिङ नगरेको हुँदा त्रुटि हुन गएको पालिकाका शिक्षा शाखा प्रमुख छत्रबहादुर शाहीले बताए ।

    ‘प्रश्न निर्माणकर्ता, शिक्षा शाखा, कम्प्युटर टाइपिष्ट, डिजाइनर सबैबाट त्रुटि भएकै हो ।’ उनले भने, ‘परीक्षाहलमा प्रश्न बाँडिनुभन्दा केही अगाडिमात्र थाहा पाएर विद्यार्थीलाई सुधारेर लेख्न लयायौं ।’

    पालिकाले पहिलो पटक कक्षा पाँचको परीक्षा लिनका लागि कार्यपालिकाबाट निर्णय पारित गराई निजी र सामुदायिकमा एउटै प्रश्नपत्र निर्माण गरेको थियो ।

    आधारभूत तहमा विषय विज्ञ शिक्षक नभएको, दरबन्दी मिलानका क्रममा राम्रालाई भन्दा ह्राम्रालाई प्राथमिकता दिँदा सामान्य बोलचालको भाषामा समेत समस्या देखिएको अभिभावकको गुनासो छ ।

    सबै प्रश्न गलत भएकाका कारण माफी माग्नुभन्दा पनि परीक्षा पुनः सञ्चालन गर्नुपर्ने अभिभावक निर्मल ओलीले बताए । प्रश्न निर्माणकर्ता जवाफदेही हुनुपर्ने कतिपय अभिभावकको भनाइ छ ।

    278834706_2330477950428672_386507921086954741_n.jpg

    278582182_2330478013761999_7821704102909794254_n.jpg

    प्रश्नपत्रमा गल्ती नै गल्ती देखिएपछि पालिकाको शिक्षा शाखाले विज्ञप्ति निकालेर नै माफी मागेको छ । पालिकाले प्रकाशन गरेको विज्ञप्तिमा प्रश्नपत्र निर्माण गर्दा केही प्रश्नहरुमा अङ्ग्रेजी रुपान्तरणमा त्रुटि हुन गएको स्वीकार गरिएको छ ।

    लामो समय विद्यालयमा पाइला टेक्न नपाएका विद्यार्थीको मापन गरी आगामी शैक्षिक योजना निर्माण गर्ने लक्ष्यका साथ पालिकाले कक्षा पाँचको पनि परीक्षा सञ्चालन गरेको हो ।

    पालिकाले नै परीक्षा सञ्चालन गर्नका लागि कार्यशालाबाट गएका प्रश्नपत्र निर्माण कर्ताले यस्तो प्रश्न निर्माण गरेपछि अन्य कक्षाको प्रश्नपत्रको स्तर कस्तो होला ? भनेर खोज्ने बेला आएको स्थानीयको धारणा छ ।

    278330645_2330477917095342_8728743396055388595_n.jpg

    प्रकाशित मिति :बैशाख ६ २०७९ मंगलवार - १४:२४:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij