२०८२ भाद्र ५ गते बिहिवार
व्यवस्थापन संकायमा स्नातक गरेकोले वा माथिल्लो योग्यता भएकोले लेखा विषयमा अध्यापन अनुमतिको लागि फाराम भर्न पाउने भएका छन् । शिक्षक सेवा आयोगले आज एक सूचना जारी गर्दै यसबारे प्रष्ट पारेको हो ।
प्रस्तुत विषयमा शिक्षक सेवा आयोगबाट मिति २०७८/१२/३० मा प्रकाशित माध्यमिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन २०७८ मा लेखा विषयको हकमा व्यवस्थापन संकायबाट स्नातक तह वा माथिल्लो योग्यता उत्तीर्ण गरेको व्यक्तिले यस विज्ञापनको लागि दरखास्त फाराम भर्न सक्ने व्यहोरा सम्बन्धित सबैको लागि जानकारी गराईन्छ ।
कसरी भर्ने त अनलाईन आवेदनः
फारम भर्दाका चरणहरु User बनाउने सहि विवरण राखेर फारम भर्ने
फारम भरिसकेपछी आएको बैंक voucher लिएर बैंकमा रकम बुझाउने
बैंकबाट दिएको ग्राहक प्रति मा भएको कारोबार संकेत नं , एप्लिकेशन ID बैंक voucher मा इन्ट्री गर्ने
यस्ता छन् फारम भर्दा ध्यान दिनुपर्ने कुराहरु:
user बनाउदा activation कोड आउन ढिलो हुन सक्ने या केहि समय लाग्न सक्छ , तेस्तो अवस्थामा रेसेट मा गएर Password सेट गरेर login गर्न सकिन्छ
दोहोरो विवरण नराख्नु होला दोहोरो विवरण आएमा आयोगले फारम स्वीकार् गर्न बढ्य हुने छैन
एउटै परिचय (जस्तै: एउटै email र एउटै मोबाइल नम्वर ) का आधारमा दुइ पटक फर्म भर्न मिल्नेछैन ।
प्राथमिक तहमा एकै व्यक्तिले एक भन्दा बढि जिल्ला छनौट गरी फर्म भर्न मिल्दैन । चौथो र पाँचौ विज्ञापन माध्यमिक तहको निमित्त मात्र हो । यसमा भर्नेले अरु तहमा फाराम भर्न पाइने छैन ।
फारममा बाबुको नाम, बाजेको नाम, नागरिकता नम्बर र स्थायी ठेगाना अनिवार्य रुपमा नेपालीमा नै लेख्नुपर्नेछ । कारोबार संकेत नं , एप्लिकेशन ID बैंकबाट प्राप्त हुने ग्राहक प्रति भौचरमा लेखेको हुन्छ ।
त्यही नम्बर आफ्नो login पेजमा गएर आफ्नो User मा इन्ट्री गर्नु पर्नेछ । कारोबार संकेत नं , एप्लिकेशन ID राम्रोसंग चेक गरेर राख्नुहोला l पछी सच्याउन पाउने छैन
कारोबार संकेत नं र एप्लिकेशन ID नम्वर हिन्दु-अरेविक संकेत (अंग्रेजी) मा राख्नु पर्नेछ । फारम submit गर्नु अगाडि कतै गल्ति भएको छ कि दोहोर्याएर हेर्नुहोला । Submit गरिसकेपछि फेरि सच्याउने सुविधा पाउनु हुने छैन । फाराम समयमै भर्नु भएमा सहज हुनेछ । त्यसो भयो भने पछि धेरैजनाले एकै समयमा भर्न खोज्दा आउन सक्ने झञ्झट बाट मुक्त हुन सक्नुहुनेछ ।
Login गर्ने तरिका सर्वप्रथम आयोगको वेवपेज www.tsc.gov.np खोल्नुहोस् । होमपेजको “Online Application” बटनमा क्लिक गर्नुहोस् । तपाई नयाँ युजर हो भने “नयाँ” भन्ने बटनमा क्लिक गर्ने । User बनाउन Full Name,Mobile No, email, Date of Birth को सहि जानकारी राख्नु पर्नेछ पछी फारममा यही जानकारीको प्रयोग हुनेछ
Date of birth भन्ने बटनमा Month मा click गरेपछि Calendar Active हुन्छ । सोही Calendar बाट Month, Year र Date choose गर्ने ।
नयाँ युजरको लागि नयाँ भन्ने बटनमा क्लिक गरी आफ्नो विवरण सहि र पछि फरक नपर्ने गरी Create भन्ने बटनमा क्लिक गर्नुहोस । User Create गरेपछि email address मा login गरेर Activation code Check गर्ने र सो code आउन केही समय लाग्न सक्छ ।
code आएपछि सो कोड राखेर active गर्ने अनि Password राख्ने ठाँउमा Password राख्ने र पुन confirm गरेर user बनाउने l तपाँइको Email मा Activation code नआएमा Back गरि रीसेट बटनमा Click गर्ने र UserID मा Email address (पहिला बनाएको) राख्ने र phone number ma पहिलाकै मोबाइल नम्वर राख्ने email मा पुन माथिकै email address राख्ने ।
सबै Information जस्ताको तस्तै भरेपछि तपाईले राख्नु भएको Information मिलेमा password रिसेट गर्न पाउनु हुनेछ र login गर्न पाउनु हुनेछ । Information गलत भएमा रिसेट हुने छैन ।
फारम भर्ने तरिका User create भएर पेजमा गएपछि First line माआफुले भर्न चाहेको वि.नं. विषय र तह select गरेपछि + sign मा click गरेर भर्न चाहेको विषयमा add भएपछि Bank मा जम्मा गर्ने रकमको विवरण देखिनेछ त्यस पछि अगाडिको process मा जान सक्नु हुनेछ । बैकमा बुझाउने रकम 0 (जिरो)दे खाएको अवस्थामा फारम submit हुनेछैन ।
फाराम भर्दा एकै ब्यक्तिले ३ बटै तहमा भर्न परेमा Right side को + sign मा Click गरेर थप गर्न सकिने छ । फाराम भर्दा राम्रोसंग दोहोरो check गरेर भर्नु होला, केहि त्रुटि भएमा फारम submit गर्नु अघि नै सच्याउनु होला ।
फारम submit भएपछी सच्याउन पाउने छैन l फोटो र दस्तखत अपलोड गर्दा दिएको निर्देशन वमोजिमको साइजमा jpeg/jpg फरम्याटमा Upload गर्नुपर्नेछ जसको size(memory) २०० KB भन्दा कम हुनु पर्नेछ
तपाई योग्य उम्मेदवार हो भन्ने आयोग सुनिश्चित भएमा तपाइको प्रवेशपत्रमा तपाईले राख्नु भएको फोटो र दस्तखत नै आउने हुनाले सहि फोटो र दस्तखत राख्नु होला l “माथि उल्लेखित सवै विवरण सहि भयो ।
यसमा कुनै सुधार गर्नु पर्नेछैन भन्ने ” बटनमा check लगाएपछि पुन फारम को शुरुमा जानेछ । यसमा पुन: एक पटक आफुले भरेको विवरण सहि भयो भएन भनेर check गर्ने र अगाडी बढ्ने। जरुरि सबै जानकारी भरी सकेपछि मात्र फारम submit गर्नुपर्नेछ ।
गलत information भरेर submit गरेमा पुन : सच्याउन मिल्ने छैन । अनलाइन फाराममा दिएको निर्देशन वमोजिम सहि तथ्य सहितको विवरण भरेर पछि फरक नपर्ने गरी फाराम भरेर परीक्षाको लागि योग्य उम्मेदवार बन्नोस l बैंक भौचर Print गर्ने । फारम submit भएपछी Bank Voucher को प्रिन्ट preview देखिनेछ ।
प्रिन्ट preview न आएको खण्डमा Refresh गर्नु अनि प्रिन्ट button आउछ यसमा click गरेर प्रिन्ट गर्न सक्नु हुने छ सो print गरेर बैंकमा रकम बुझाएपछि बैंकबाट कारोबार संकेत नं. प्राप्त हुने छ
फेरि online application मा आएर login को पेज खुलेपछि बैंक भौचर मा Click गर्ने । मागेको विवरण भर्ने। जसमा user Id मा अघि फारम भर्दाको Email id, password, application id(एप्लीकेसन आइ.डी),कारोबार संकेत नं. ( अंग्रेजी मा type गर्नु होला) मा राख्ने confirm गरेर submit गर्ने ।
(application id(एप्लीकेसन आइ.डी) र कारोबार संकेत नबैंकले दिएको ग्राहक कपि मा हुनेछ l) application ID(एप्लीकेसन आइ.डी)कारोबार संकेत न सच्याउन नपर्ने गरि मिलाएर राख्नु होला पछि सच्याउन पाउने छैन
यी नम्बरहरु नमिलेमा आयोगले फारम स्वीकार गर्न बाध्य हुने छैन
बधाइ छ तपाईको अध्यापन अनुमतिपत्रको फाराम पेश भयो भन्ने मेसेज आएपछि फाराम भरिएको मानिनेछ ।
अनलाइन फाराममा दिएको निर्देशन वमोजिम सहि तथ्य सहितको विवरण भरेर पछि फरक नपर्ने गरीफाराम भरेर परीक्षाको लागि योग्य उम्मेदवार बन्नोस र अन्तमा Log Out गर्नुहोस् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij