Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

शिक्षक छनोट प्रक्रियालाई स्थानीयकरण गर्न एनसिई नेपालले दियो यस्तो सुझाव

शिक्षक छनोट प्रक्रियालाई स्थानीयकरण गर्न एनसिई नेपालले दियो यस्तो सुझाव


  • 4.3K
    Shares

    शिक्षक छनोट प्रक्रियालाई स्थानीयकरण गर्न एनसिई नेपालले दियो यस्तो सुझाव

    शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले संविधान र संघीयताको मर्म बमोजिम शिक्षक छनोट प्रक्रियालाई स्थानीयकरण गर्न राजनीतिक दलहरूलाई सुझाव दिएको छ । स्थानीय तह निर्वाचनका लागि घोषणापत्र बनाइरहेका दलहरूलाई एनसिइ नेपालले सुझाव दिएको हो ।

    साथै स्थानीय तहभित्रका विद्यालयमा शिक्षक–विद्यार्थीको अनुपात मिलाउनका लागि स्थानीय सरकारलाई नै कानुन बनाई शिक्षक सरूवा गर्न सक्ने अधिकार दिन, शिक्षालाई जीवन र रोजगारीसँग जोड्दै शैक्षिक बेरोजगारी अन्त्य गर्ने कार्यक्रम ल्याउन सुझाव एनसिइ नेपालले दिएको छ । 

    सुझावपत्रमा सामुदायिक विद्यालयमा महिनामा एक पटक अभिभावक भेला गराउन, विद्यालयको औसत सिकाइ उपलब्धि कम्तीमा ५५ प्रतिशत पुग्ने गरी रणनीतिक योजना ल्याउन, विद्यालय बाहिर रहेका र विद्यालय छाडेका अपाङ्गता भएका बालबालिकाका लागि वैकल्पिक कक्षा र परिवेशमा आधारित प्रविधियुक्त शिक्षा दिलाउन, दलित र अल्पसंख्यक विद्यार्थीका लागि छात्रवृत्ति र सिकाइ सामग्री निःशुल्क उपलब्ध गराउन, विद्यालय विपद् प्रतिकार्यको योजना निर्माण गर्न, कठिन परिस्थितिमा सञ्चालन गरिने वैकल्पिक शिक्षालाई चुस्त र दुरुस्त बनाउन र प्रविधिको प्रयोगले सिर्जना गर्ने असमानता (डिजिटल डिभाइड)लाई कम गर्ने विषय समावेश गर्न सुझाव दिइएको छ ।

    सुझावपत्रमा बालबालिकामाथि हुने घरेल हिंसा अन्त्यका लागि नागरिक निगरानी समिति गठन गर्न, शिक्षालाई स्थानीय तहदेखि नै गौरवका आयोजनाका रुपमा स्रोत र साधनको प्रबन्ध गर्न, सामुदायिक पुस्तकालय र सिकाइ केन्द्रलाई प्रौढ, युवा र महिलामैत्री बनाउन, विद्यालय शान्ति क्षेत्रको मर्म पालना गर्न, निर्वाचनमा विद्यार्थी, शिक्षक र बालबालिकालाई दलीय प्रचार प्रसारमा सहभागी नगराउन र आफ्ना घोषणापत्रको कार्यान्वयनको अनुगमन गर्न समिति गठन गरी हरेक वर्ष प्रगति समीक्षा गर्ने विषय दलले घोषणापत्रमा समावेश गर्नुपर्ने पनि एनसिइ नेपालको सुझाव छ ।

    प्रकाशित मिति :बैशाख ५ २०७९ सोमवार - ०९:५०:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij