Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

कक्षा ११ को परीक्षा जेठ तेस्रो साता देखि, बोर्डले दियो यस्तो निर्देशन (सूचनासहित)

कक्षा ११ को परीक्षा जेठ तेस्रो साता देखि, बोर्डले दियो यस्तो निर्देशन (सूचनासहित)


  • 5.2K
    Shares

    कक्षा ११ को परीक्षा जेठ तेस्रो साता  देखि,  बोर्डले दियो यस्तो निर्देशन (सूचनासहित)

    शैक्षिक वर्ष २०७८ को कक्षा ११ को परीक्षा जेठ तेस्रो साता सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डले निर्देशन दिएको छ ।

    शैक्षिक वर्ष २०७८ को कक्षा ११ को परीक्षा कक्षा १२ को वार्षिक परीक्षासँग नजुध्ने गरी आगामी जेठ महिनाको तेस्रो हप्तादेखि सञ्चालन गर्ने बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) ले सबै विद्यालयलाई निर्देशन दिएको हो ।

     “कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन र प्रमाणीकरण सम्बन्धी कार्यविधि, २०७७” परिच्छेद ४ को दफा ६ को (२) बमोजिम बोर्डले तोकेको मापदण्ड अनुरुप हरेक वर्षको जेठको तेस्रो हप्तादेखि परीक्षा सञ्चालन गर्ने व्यवस्था रहेकाले सोको आधारमा परीक्षा सञ्चालन गर्नु पर्ने बोर्डले जानकारी दियो ।

    कार्यविधिको परिच्छेद ७ को दफा ९ को ४ (१) ‘क’ अनुसार विद्यार्थीको रजिष्ट्रेशन नम्बर सहित निजले कक्षा ११ को परीक्षामा प्रयोग गर्ने सिम्बोल नम्बर बोर्डको प्रदेश परीक्षा व्यवस्थापन शाखा कार्यालय मार्फत सम्बन्धित विद्यालयमा उपलब्ध गराउने बोर्डले जानकारी दियो ।

    विद्यार्थीले कक्षा ११ को परीक्षामा बोर्डद्वारा प्रदान गरिएको सिम्बोल नम्बर उल्लेख गरी परीक्षा दिनुपर्ने व्यवस्था कार्यविधिले गरेको छ ।

     

    screenshot_1_zFTkKoN.jpg

    प्रकाशित मिति :बैशाख ४ २०७९ आइतवार - ११:३४:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij