Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

विद्यालय कर्मचारी व्यवस्थापनबारे शिक्षा मन्त्रालयले गर्यो यस्तो निर्णय

विद्यालय कर्मचारी व्यवस्थापनबारे शिक्षा मन्त्रालयले गर्यो यस्तो निर्णय


  • 11.1K
    Shares

    विद्यालय कर्मचारी व्यवस्थापनबारे शिक्षा मन्त्रालयले गर्यो यस्तो निर्णय

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय समायोजन गर्दा कर्मचारीलाई समस्या नहुने गरी व्यवस्थापन गर्न अनुरोध गरेको छ ।

    नेपाल विद्यालय कर्मचारी परिषद्, केन्द्रीय समिति काठमाडौंले विद्यालय समायोजन गर्दा शिक्षक तथा बालविकास सहयोगी कार्यकर्ताको समायोजनको विषय उल्लेख भएको तर विद्यालय कर्मचारीबारे स्पष्ट नहुँदा तलब भत्तालगायत व्यवस्थापनमा समस्या परेको भन्दै मन्त्रालयमा निवेदन दिएपछि यहि चैत २० गते मन्त्रीस्तरीय निर्णय गरी शिक्षा मन्त्रालयले व्यवस्थापन गर्न शिक्षा विकास तथा समन्वय इकाइलाई अनुरोध गरेको हो । 

    मन्त्रालयले विद्यालय समायोजन गर्दा कर्मचारीलाई पनि समायोजित विद्यालयमा विद्यार्थीकाे संख्या र आवश्यकता अनुरूप समायोजन गर्न अनुराेध गरेको छ ।

    त्यसैगरी समायोजित विद्यालयमा कर्मचारी आवश्यक नभए स्थानीय तहले त्यस्ता कर्मचारीलाई स्थानीय तह क्षेत्रभित्रको अन्य आवश्यक विद्यालयमा पठाउन सक्ने पनि निर्णय भएकाे शिक्षा तथा मानव स्राेत विकास केन्द्रकाे शिक्षक व्यवस्थापन शाखाले जनाएकाे छ । 

    स्थानीय तहभित्र त्यस्ता कर्मचारी व्यवस्थापन गर्न नसके सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमा पठाउने र इकाइले जिल्लाभित्रका आवश्यक पर्ने विद्यालयमा पठाउने निर्णय भएको छ । (वेबटिभी खबर)

    सूचना

    प्रकाशित मिति :बैशाख २ २०७९ शुक्रवार - १६:५६:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij