Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

भर्खरै सकिएकाे तीनै तहकाे परीक्षाकाे नतिजाबारे यसाे भन्छ आयोग (विज्ञप्तिसहित)

भर्खरै सकिएकाे तीनै तहकाे परीक्षाकाे नतिजाबारे यसाे भन्छ आयोग (विज्ञप्तिसहित)


  • 29.9K
    Shares

    भर्खरै सकिएकाे तीनै तहकाे परीक्षाकाे नतिजाबारे यसाे भन्छ आयोग (विज्ञप्तिसहित)

    शिक्षक सेवा आयोगले गत चैत १५ गतेदेखि २१ गतेसम्म लिएको माध्यमिक, निम्म माध्यमिक र प्राथमिक तहको खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षालाई व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्ने सम्पूर्णलाई धन्यवाद दिएको छ ।

    आयोगले सोमबार विज्ञप्ति जारी गर्दै परीक्षा सञ्चालनमा सहयोग गर्ने परीक्षा समन्वय समिति, शिक्षा विकास निर्देशनालय, शिक्षा विकास तथा समन्वय इकाई, सामुदायिक तथा संस्थागत विद्यालय, क्याम्पस लगायत परीक्षामा खटिने सुरक्षाकर्मी, कर्मचारी एवम् प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहभागी हुने सम्पूर्णलाई आयोगले धन्यवाद दिएको हो ।

    आयोगले परीक्षाको मूल्य, मान्यतालाई आत्मसात् गरी निष्पक्ष, वस्तुनिष्ट, स्वच्छ र विश्वसनीय ढंगबाट कार्यसम्पादन गर्दै आएको र भविष्यमा यसलाई अझ सुधार गर्दै लैजाने पनि जनाएको छ ।

    भर्खरै सम्मपन्न भएका परीक्षाका विषयमा विभिन्न किसिमका प्रतिक्रियाहरू आएको विषयलाई आयोगले गम्भीरतापूर्वक लिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    परीक्षाको सम्बन्धमा सामाजिक सञ्जाल लगायत विभिन्न सञ्चार माध्यममा प्रकाशित तथ्यहीन एवम् भ्रामक प्रतिक्रिया र समाचारप्रति आयोगले दुःख व्यक्त गरेको छ । 

    परीक्षा सञ्चालन पछिका नतिजा प्रकाशन तथा सिफारिससम्मका कार्यलाइ जतिसक्दो चाँडो सम्पन्न गर्नका लागि आवश्यक कार्यहरु सुरु गरिएको छ ।

    यस विषयमा कहीं कतै र कसैबाट आयोगलाई लाञ्छित गरी भ्रामक अफवाह फैलाउने र परीक्षार्थीहरुलाई विभिन्न प्रलोभनमा पारी नाजायाज फाइदा लिन खोज्नेहरुप्रति कसैले पनि विश्वास नगर्न र यस प्रकारका दुश्चेष्टाहरुको पछि नलाग्न सम्बन्धित पक्षलाई अनुरोध समेत गरिएकोछ । 

    प्रकाशित मिति :बैशाख २ २०७९ शुक्रवार - १२:३३:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij