Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

चुनावी तालमेलबारे मधेशमा छलफल गर्दै सत्तागठबन्धनको बैठक

चुनावी तालमेलबारे मधेशमा छलफल गर्दै सत्तागठबन्धनको बैठक


  • 4.8K
    Shares

    चुनावी तालमेलबारे मधेशमा छलफल गर्दै सत्तागठबन्धनको बैठक

    स्थानीय तहमा चुनावी तालमेलबारे छलफल गर्न मधेस प्रदेशमा सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक आज बस्ने भएको छ।

    मधेस प्रदेशस्तरीय गठबन्धन बैठकले केन्द्रीय गठबन्धनका शीर्ष नेताहरुद्वारा जारी संयुक्त विज्ञप्तिलाई स्वागत गर्ने निर्णयसमेत गरेको छ । यसका लागि वैशाख २ गतेसम्मको समयसीमा निर्धारण गरिएको छ ।

    चुनावी तालमेलबारे निर्णय गर्न प्रदेशमा पनि कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका प्रदेश अध्यक्ष रहने गरी एक साताअघि कार्यदल गठन भएको थियो।

    सोही अनुसार वैशाख ३ गते काँग्रेस मधेस प्रदेश कार्यालय जकपुरमा हुने बैठकमा धनुषा र महोत्तरी जिल्लाको सन्दर्भमा बिहान ८ देखि १२ बजेसम्म तथा सिरहा र सप्तरी जिल्लाको सन्दर्भमा दिउँसो २ बजेदेखि छलफल हुने जनाइएको छ ।

    कांग्रेस सभापति यादवले आवश्यकताका आधारमा मात्र गठबन्धन हुनुपर्ने बताएका थिए।‘केन्द्रमा गठबन्धन भएको पाँच दलबीच जहाँजहाँ प्रतिष्पर्धा छ त्यहाँ आ–आफ्नो हिसाबले जाने र जहाँ एमाले बलियो छ त्यहाँ हामी पाँच दल मिलेर जाने प्रस्ताव हामीले गरेका छौं,’ उनले भने।

    प्रकाशित मिति :चैत्र २९ २०७८ मंगलवार - १३:५३:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij