Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

गठबन्धन कांग्रेसका लागि बन्धन

गठबन्धन कांग्रेसका लागि बन्धन


  • 3.9K
    Shares

    गठबन्धन कांग्रेसका लागि बन्धन

    काठमाडौं। गठबन्धन कांग्रेसका लागि बन्धनजस्तो देखिएको छ। दुई ठूला शक्तिमध्ये एमाले पूरै चुनावी अभियानमा छ। तर, कांग्रेस अझै चुनावमा होमिन सकेको छैन। त्यसको कारण हो गठबन्धन।

    स्थानीय तह निर्वाचन एक्लै लडे कांग्रेसले राम्रो परिणाम ल्याउने अवस्था छ। उदाहरणका लागि चितवनको भरतपुरमा कांग्रेसको पकड बलियो मानिन्छ।

     गठबन्धनका नाममा भरतपुर माओवादी केन्द्रलाई दिनुपर्ने अवस्था छ। त्यहाँ प्रचण्डपुत्री रेणु दाहालले पुनः मेयरमा दाबी गरिरहेकी छन्। 

    स्थानीय निर्वाचनका लागि भागबण्डाको ‘मोडालिटी’ टुंग्याउन सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार अपराह्न ४ बजे बस्ने गठबन्धनको बैठकले तालमेलको मोडालिटीबारे छलफल गर्ने भएको हो।

     सोमबारको बैठकमा भागबण्डामा सहमति जुट्न नसकेपछि पाँच दलका शीर्ष नेताले संयुक्त अपील जारी गर्दै गठबन्धनका उमेदवारहरुलाई विजयी बनाउन अपील गरेका थिए। 

    माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले ६ महानगरमध्ये कांग्रेसलाई तीन  र बाँकी तीन गठबन्धनलाई छोड्नुपर्ने प्रस्ताव राखेका छन्।

    कांग्रेसलाई काठमाडौं, ललितपुर र विराटनगरको मेयर लिन, भरतपुर, पोखरा र वीरगन्ज छाड्न प्रस्ताव गरेका हुन्। ललितपुर र विराटनगरको नेतृत्वमा कांग्रेस छ।

    वीरगन्जमा जसपाबाट मेयर जितेका विजय सरावगी एमाले प्रवेश गरेका छन्। काठमाडौं र पोखराका मेयर एमालेले जितेको थियो।

    प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा  देउवालाई पुनः वामपन्थी दल एकजुट हुन्छन् कि भन्ने छ। जसकारण उनले गठबन्धनका दललाई अन्यसँग स्थानीय चुनावमा तालमेल गर्नबाट रोक्ने निर्णय नै गराइसकेका छन्। 

    प्रकाशित मिति :चैत्र २९ २०७८ मंगलवार - १३:१३:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij