Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

चैत १४ गते मन्त्रीस्तरको निर्णयबाट तालिम केन्द्रमा डिजिटल सिकाइ केन्द्र स्थापना, विकास र सञ्चालन कार्यविधि–२०७८ स्वीकृत (कार्यविधि सहित)

चैत १४ गते मन्त्रीस्तरको निर्णयबाट तालिम केन्द्रमा डिजिटल सिकाइ केन्द्र स्थापना, विकास र सञ्चालन कार्यविधि–२०७८ स्वीकृत (कार्यविधि सहित)


  • 4.3K
    Shares

    चैत १४ गते मन्त्रीस्तरको निर्णयबाट तालिम केन्द्रमा डिजिटल सिकाइ केन्द्र स्थापना, विकास र सञ्चालन कार्यविधि–२०७८ स्वीकृत (कार्यविधि सहित)

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेशस्थित शिक्षा तालिम केन्द्रमा डिजिटल सिकाइ केन्द्र स्थापना, विकास र सञ्चालन कार्यविधि–२०७८ स्वीकृत गरेको छ । गत चैत १४ गते मन्त्रीस्तरको निर्णयबाट कार्यविधि स्वीकृत गरेको हो ।

    कार्यविधि कार्यान्वयनमा आएसंगै शैक्षिक सुधारमा टेवा पुग्नेछ मन्त्रालयले जनाएको छ । निरन्तर शिक्षक पेसागत विकास र पेसागत सहयोगमार्फत शिक्षकको कार्यदक्षतामा सुधार गरी विद्यार्थीको सिकाइउपलब्धिमा बढोत्तरी ल्याउनु तथा आपतकालीन अवस्थामा समेत विद्यार्थी सिकाइ निरन्तरतालाई सुनिश्चित गर्ने लक्ष्यका साथ कार्यविधि ल्याइएको हो ।

    अनलाइन अफलाइनबाट निरन्तर शिक्षक पेसागत विकास र पेसागत सहयोग उपलब्ध गराउँदै शिक्षक तथा विद्यार्थीहरुलाई विज्ञान, गणित लगायतका विषयहरुमा नमुना परीक्षण अभ्यास गरी सिकाइ अनुभव आर्जन गर्न सकिने विषयगत भर्चुअल ल्याबमा पहुँच अभिवृद्धि गर्नु यसको उद्देश्य रहेको छ ।

    तालिम केन्द्रमा भइरहेको आइसीटी ल्याबको सुदृढीकरण गरी दूर शिक्षा तथा खुला सिकाइ कार्यक्रममा शिक्षकहरुको पहुँच सुनिश्चित गरी आपतकालीन अवस्थामा समेत शिक्षक पेसागत विकास र सहयोगलाई निरन्तरता दिने यसको उद्देश्य रहेको छ ।

    प्रदेशस्थित शिक्षा तालिम केन्द्रमा डिजिटल सिकाइ केन्द्र स्थापना, विकास र सञ्चालन कार्यविधि–२०७८

    प्रकाशित मिति :चैत्र २९ २०७८ मंगलवार - १२:१९:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij