२०८२ भाद्र ५ गते बिहिवार
शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौंले एनसीसी तालिमका लागि इच्छुक विद्यालयलाई यथाशीघ्र विवरण पठाउन आग्रह गरेको छ ।
सोमबार इकाइले सूचना प्रकाशन गर्दै काठमाडौं महानगरपालिका भित्रका वडा नम्बर १,१६, १७, २६ र २७ मा रहेका इच्छुक सरकारी-निजी विद्यालयहरूले विवरण पठाउन सक्ने इकाले जनाएको छ ।
नेपाल सरकारका रक्षा मन्त्रालय नेपाली सेना पुरानो गोरखगण नारायणी व्यारेकले राष्ट्रिय सेवा दलको कार्य क्षेत्र सबै प्रदेश तथा स्थानीय तहसम्म विस्तार एवम् प्रवर्द्धन गर्ने पीछडिएको क्षेत्र समुदायका छात्र-छात्रालाई राष्ट्रिय सेवा दलमा आबद्ध गराई मुलुकको माध्यमिक तथा उच्च माध्यमिक विद्यालयका छात्र-छात्राहरूलाई अनुशासन,नेतृत्व विकास, बफादारिता र राष्ट्रिय एकता सम्बन्धि ज्ञान दिन उक्त तालिम प्रदान गर्न लागिएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij