२०८२ भाद्र ४ गते बुधवार
काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले परमादेशबाट प्रधानमन्त्रीबाट विस्थापित भएका आफ्ना पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई जनादेशबाट पूनस्थापित गरिने दाबी गरेका छन् ।
आज बझाङमा आयोजित जनसभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अबको निर्वाचनलगत्तै अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्ने पनि दाबी गरे ।
उनले एमाले सरकारमा हुँदा देशमा विकासको लहर चलेको पनि स्मरण गराए । उनले भने,‘यो देशको विकास गर्ने पार्टी नै एमाले हो, एमालेबाहेक अरू पार्टीको सरकार बन्दा यो जिल्लामा लाखका, करोडका आयोजना आएका होलान् तर अर्बका आएका छैनन् ।
जब एमाले सरकारमा आउँछ, लाख करोड होइन अर्बौँका आयोजना आउँछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij