२०८२ भाद्र ५ गते बिहिवार
वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विज्ञान, प्रविधिका क्षेत्रमा अध्ययन, अनुसन्धान र अध्यापनका लागि प्रदेशले उच्च शैक्षिक संस्थाहरु निर्माण गर्ने बताएका छन् ।
विज्ञान, प्रविधि सम्बन्धमा अनुसन्धानको कार्यलाई अघि बढाउन नगद प्रवद्र्धन कार्यक्रमअन्तर्गत नीति पास गरेको र सोही नीतिको आधारमा छुट्टै ऐन बनाएर वागमती प्रदेश अनुसन्धानका क्षेत्रमा अघि बढ्ने मुख्यमन्त्री पाण्डेले बताए ।
प्रदेश अनुसन्धानका क्षेत्रमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदसँग मिलेर कम गर्न तयार रहेको समेत बताए ।उनले वागमती प्रदेश हेल्थ रिसर्चका क्षेत्रमा काउन्सिलसँग मिलेर अघि बढ्न तयार रहेको समेत बताएका छन् ।
उनले भने, ‘हामी त्यसका लागि बजेट काट्न, कानुनी बन्दोबस्त गर्न, वागमती प्रदेश हेल्थ रिसर्च काउन्सिल नै निर्माण गरेर जान आवश्यक हुन्छ भनेपनि तयार छौँ । अनुसन्धानका सवालमा खर्च गर्ने हाम्रो बानी कम छ । अनुसन्धानमा भएको खर्चलाई हामीले फजुल खर्च मान्ने गरेका छौँ । बाँकी ६ वटा प्रदेशलाई सिकाउने गरेर हामी वागमती प्रदेशबाट नै अनुसन्धानका लागि काम गर्ने उदाहरण पेश गर्नेछौँ ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij